
कपिलवस्तु – जिल्लाको मायादेबी गाउँपालीका वडा नंम्बर १ का अध्यक्ष हारीगोबिन्द चौधरीले २२ विपन्न परिवालाई खाद्यान्न सहयोग गरेको छन् । कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण देश बिदेशमा लकडाउनको अवस्थामा रहेको बेला अध्यक्ष चौधरीले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको हुन ।भारत मध्यप्रदेशको भोपाल शहरबाट नेपालमा गुजारा गरेर निम्न वर्गका मानिसले लकडाउनको दिन खाना खाने कठिनाइ भइरहेको अवस्थामा अध्यक्ष चौधरीले विपन्न नागरिकलाई खाद्यान्न दिएको हुन । विपन्न नागरिकलाई दाल , चामल , नून , खाद्य सामग्री बितरण गरिएको हो । ‘ विपत्तिका बेलामा मानबियताका आधारमा सहयोग गरेको चौधरीले बताए ।

