कतार सरकारले फेरि दियो १७ जना नेपालीलाई आममाफी

  • ११ बैशाख २०७७, बिहीबार १९:३५ मा प्रकाशित
  • २३ अप्रिल २०२०

    समर्पण रम्जान

    कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले हालको विश्व महामारी (कोभिड १९) को अवस्था तथा कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाईसमेत ध्यानमा राखी केही कैदीहरुलाई आममाफीको घोषणा गर्दै १७ जना नेपालीलाई आममाफी दिएको छ । 

    उक्त आममाफी अन्तर्गत कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरु पनि रिहाई भएको राष्ट्रिय मानवाधिकार समिति कतारका नेपाली संयोजक तथा अन्तर्राष्ट्रिय मुस्लिम समाजका आइसिसी संयोजक प्रो. रमजान अली मियाले जानकारी दिए । रिहाई हुनेमा १३ जना लागू औषध कारोवारजन्य,  २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका थिए ।

    केही महिना अगाडि पनि कतार सरकारले ९ जना नेपालीहरुलाई जेल मुक्त गरेको थियोे ।

    Leave a Reply