
रम्जान “समर्पण”
11 अप्रिल 2020, साउदी अरब ।
अहिले विश्वब्यापी महामारिको रूपमा फैलिंदै गरेको प्राणघातक रोग कोरोना भाईरस (NOVEL CORONA VIRUS-COVID19) द्वारा साउदी अरबमा पिडित भएका नेपालीहरुका लागि गैरआवासिय नेपाली संघ साउदी अरबले कोरोना उद्दार अभियान सुरु गरेको छ ।
नेपाल लगायत संसार भर छरिएर रहनु भएका सम्पूर्ण नेपाली हरुमा डर त्रासको वातावरण सृजना गरिरहेको परिपेक्षमा साउदी अरबमा रहेका सम्पुर्ण नेपाली श्रमिकहरु प्रति भैपरी आउने आपतकालिन परिस्थितीलाई मध्यानजर गर्दै गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदि अरबले साउदीका सम्पूर्ण क्षेत्रहरुलाई समेटेर एक उद्दार समितिको चयन गरेको छ ।
एनआरएनए साउदी अरबको सचिबालयले २३-मार्च-२०२० का दिन बिशेष आकस्मिक बैठक बसि १० सदस्सिय समिती गठन गरेको थियो जसलाई पूर्णता दिएर कार्यन्वयन गर्न गत १०-अप्रिल-२०२० का दिन छैठौं पूर्ण बैठक द्वारा कार्य समितिलाई थप फराकिलो पार्नको निम्ती राजु सैयद, जोन अर्याल, नारायण पासवान ओम घले, डमर यादव, रमेश भण्डारी, राजकुमार श्रेष्ठ, बिरेन्द्र कुमार चौधरी, शुक्र मोक्तान, हेम सुबेदी, नरेन्द्र कार्की, रमजानदिन मियाँ, अर्जुन थापा, रविन तमाङ, राजकुमार गिरी सहितको कार्यदलको निर्माण गरेको छ।
साउदी अरबमा कोरोनाको चपेटामा परी 11-अप्रिल सम्म संक्रमित संख्या 4033 पुगेको छ जसमा 52 जनाले ज्यान गुमाइसकेका छन भने ५ जना नेपाली समेत कोरोनाको चपेटामा परे लगत्तै गैर आवासिय नेपाली संघ साउदी अरबले उक्त कार्यदललाई साउदी अरबका बिभिन्न शहरमा कुनै पनि नेपाली श्रमिकलाई आइपर्ने समस्यामा सहयोग गर्नका लागि आपतकालिन कोष बाट न्युनतम ५ लाख बराबरको कोष निकासा गर्ने निर्णय गरेको छ। राहतका लागि थप रकम आवश्यक परेको खन्डमा पुन: अर्को बैठक द्वारा आवश्यक कदम चाल्ने जस्तै मध्यपुर्बका सम्पूर्ण एनसिसी र अन्तरराष्ट्रिय समन्वय समिती संग समेता परामर्श लिने निर्णय गरेको छ।
कार्यदलले कोरोना प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्न बिशेष फारमको तयारी गर्ने कोरोना संक्रमित तथा बन्दको कारण अफटेरोमा परेका जस्तै कम्पनी बन्द भएको, कम्पनीले तलव सेवासुबिधा नदिएको, खानेपानीको अभाव भएको र नेपाली दूतावास र महावाणिज्यदूतावासको समेत रुजु वा अनुरोध/अनुमोदन भएको आदिको पहिचान गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ। कार्यदलले बिशेष कार्यदिशा निर्माण गरी यथा शिघ्र साउदीमा रहेका नेपाली राजदुताबास र महावाणिज्य दुतावास संग समन्वय र परामर्श लिएर राहत तथा उध्दार अभियानको शुरुवात गर्नेभएकोछ।
यो बिषम परिस्थितिमा कुनैपनी नेपालीलाई अचानक ज्वरो आउने, रुघाखोकी, टाउको दुख्ने, झाडा बान्ता हुने जस्ता लक्षण देखिएमा तुरुन्त साउदी सरकारले उपलब्ध गराएको एम्बुलेन्स सेवाको ९३७ नम्बर मा संपर्क गर्नुको साथै तथा गैर आवासिय नेपाली संघ साउदी अरबका तल दिएका प्रतिनिधिका नम्बरहरुमा संपर्क गर्न अनुरोध गरेको छ ।
नेपाली राजादुताबास रियाद:(0114611108) र हटलाइन (0559389600)
नेपाली महाबाणिज्य दुताबास जेध्दा:(012-6226665) र (012-6226683)
NRNA NCC साउदी अरबका प्रतिनिधिहरु:( कोरोना भाईरस उध्दार समिती साउदि अरब )
| प्रतिनिधि नामावली | क्षेत्र | संपर्क नम्बर |
| तेज बहादुर थापा-अध्यक्ष | दमाम | 0504438377 ICC मा प्रतिनिधित्व |
| धुर्ब कुमार रिजाल- बरिष्ठ उपाध्यक्ष | जेध्दा | 0505910744 ICC मा प्रतिनिधित्व |
| भोलानाथ पौडेल- उपाध्यक्ष | दमाम | 0598334109 |
| रोशन कुमार श्रेष्ठ- उपाध्यक्ष | दमाम | 0545226844 |
| बिशाल श्रेष्ठ- उपाध्यक्ष | अल-कासिम | 0535470253 |
| लाल बहादुर मगर-का.बा महासचिब | जिजान | 0561541062 |
| सन्तोष लुइंटेल-कोषाध्यक्ष | जेध्दा | 0567289521 |
| बिष्णु न्यौपाने-प्रवक्ता | जेध्दा | 0590887222 |
| भक्त हमाल-सल्लाहकार | ताबुक | 0555347025 |
| मेनुका सिटौला ओडारी- क्षेत्रिय उपाध्यक्ष | रियाद | 0572921153 |
| राजु सैयद-संरक्षक | दमाम | 0509211996 |
| जोन अर्याल-मध्यपूर्ब सह संयोजक | दमाम | 0500490398 |
| नारायण पासवान-ICC सदस्य | रियाद | 0558517861 |
| ओम घले-संरक्षक | दमाम | 0534510942 |
| डमर यादव-प्रमुख सल्लाहकार | दमाम | 0596563050 |
| रमेश भण्डारी-ICC मानार्थ सदस्य | रियाद | 0543312837 |
| बिरेन्द्र कुमार चौधरी-संरक्षक | दमाम | 0540547829 |
| राजकुमार श्रेष्ठ-युवा संयोजक | अल-कासिम | 0535544688 |
| मनिष कोइराला-सदस्य | अल-कासिम | 0581605697 |
| रमजानदिन मियाँ-क्षेत्रिय अध्यक्ष | अल-कासिम | 0590401695 |
| अर्जुन थापा-क्षेत्रिय अध्यक्ष | ताबुक | 0544994328 |
| रविन तमाङ-क्षेत्रिय अध्यक्ष | जिजान | 0564540286 |
| राजकुमार गिरी- क्षेत्रिय अध्यक्ष | जेध्दा | 0541596759 |
| हेम सुवेदी-क्षेत्रिय अध्यक्ष | रियाद | 0530288127 |
| शुक्र मोक्तान-सदस्य | दमाम | 0550748154 |
| नरेन्द्र कार्की-सदस्य | दमाम | 0569736026 |
श्रोत nrnaksa.com

