
समर्पण रम्जान
मिती १७ अप्रिल २०२०! साउदी अरब।
साउदी अरब अल खोबर स्थित नासिर हाज्जा कम्पनीमा कार्यरत १८ जना नेपाली श्रमिकहरु लाइ एलसिसी खोबरले र गत हप्ता बर्कतैन कम्पनी बुरैदामा कार्यरत केही नेपाली श्रमिकलाइ आर सि सि अल कासिम ले खाद्यान्न राहत प्रदान गरेको छ ।
लामो समय देखी तलब सुबिधा नपाएका कारण उनिहरुले नेपाली दुताबास रियादलाइ समेत जानकारी गराइ सहयोग माग्दै लामो समय देखी कानुनी लडाईं लड्दै आएका थिए । अहिलेको विषम परिस्थितिमा उनीहरु कोरोनाको लकडाउनले झन् निकै चपेटामा परेका छन् ।
एकातर्फ कम्पनीले तलब नदिने र अर्को तर्फ लकडाउनका कारण आर्थिक समस्यामा परेर बिहान बेलुकाको छाक टार्न समेत कठिनाई परेको कुरा सम्बन्धित कम्पनीका पीडितहरु बाट एनआरएनए साउदीलाइ सयोगका लागि अनुरोध आए पछि उहाँहरुको नाजुक अवस्थालाई बुझी अल खोबर एल सि सि र आर सि सि अल कासिमले पीडित पक्षलाई खाद्यान्न समानको ब्यबस्था गरेको छ ।

यसरी श्रमिक समस्याहरु दिनानुदिन बड्दै गएको अबस्थामा एनआरएनए साउदीले कोरोना पीडित का लागि गत हप्ता एक उद्दार समितीको गठनसहित ५ लाख नेपाली रुपैयाँको कोष स्थापना गरेको छ ।
उक्त कोष यस्तै कोरोनाको चपेटामा परेका श्रमिकहरुका हितको लागि खर्च गरे पनि अनिश्चितकालिन लकडाउनमा दूतावास ले केही जिम्मेवारि निर्वाह गरि पीडित नेपाली श्रमिकको उद्दारका लागि विशेष भुमिका निर्वाह गर्नु पर्ने देखिन्छ ।

