कोरोना सर्च एण्ड रेस्क्यु तथा परामर्श अभियान तुलसीपुरमा

  • १४ चैत्र २०७६, शुक्रबार २२:१० मा प्रकाशित
  • वसन्त अनुभव-
    तुलसीपुर, दाङ / तुलसीपुर उपमहानगरपालिकाले हरेक वडामा पुगी विदेश तथा वाहिरवाट यात्रा गरि आउनु भयका व्यक्तिहरुको घरघरमा पुगी स्वास्थ्य परिक्षण तथा परामर्श थालेको छ।

    समुदायमा विदेशवाट आयका व्यक्तिहरुलाई अपहेलित गर्ने ,रिस राख्ने ,नराम्रो नजरले हेर्ने भयभित हुने कार्य भईरहेकोले वाहिरवाट आयका व्यक्तिहरु र समुदायमा मनोसामाजिक समस्या देखा पर्न थालेकोले तत्काल मनोपरामर्श दिनु पर्ने भयकोले तुलसीपुर उपमहानगर पालिका जनस्वास्थ्य प्रवर्धन शाखा ,विपद व्यवस्थापन शाखा ,वडाका जनप्रतिनिधि ,नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको सहकार्यमा विदेशवाट आयका व्यक्ति हरुको खोजी गर्ने ,मनोपरामर्श गर्ने स्वास्थ्य अवस्था वारे जानकारी लिनेअभियान थालेको छ।

    त्यसैले आज वडा नं १६ का वडाध्यक्ष भुप वहादुर केसी ज्युको नेतृत्वमा तुलसीपुर उपमहानगर पालिका विपद व्यवस्थापन शाखा प्रमुख भिम प्रकाश खत्री , जनस्वास्थ्य प्रर्वर्धन शाखाका जनस्वास्थ्य निरिक्षक विमल केसी ,नेपाल रेडक्रस सोसाईटी जिल्ला कार्य समिति सदस्य भिमलाल मरासिनी , नेपाल रेडक्रस सोसाईटीका प्रशासकिय अधिकृत विश्राम अधिकारी ,वडा सदस्य डण्ण वहादुर खत्री लगायतका टोलिले वर्डा नं १६ मा ईण्डिया र वाहिरवाट यात्रा गरि फर्कियका ३६ जनालाई भेटगरि स्वास्थ्य अवस्था सरसफाई खानपान अवस्थाको वारेमा वुझी मनोपरामर्स समेत गरेको छ।

    वाहिरवाट आयका व्यक्तिहरुमा कुनैपनि शंकास्पद लक्षण हाल नदेखियको पाईयको छ। सवै जनालाई आफ्नै घरमा सेल्फ क्वारेनटाईनमा वस्न सल्लाह दिईयको छ।
    त्यसैगरि नेपाल रेडक्रस सोसाईटिले माईकिग ,सचेतनामुलक पम्पलेट वितरण गरेको छ।त्यसै गरी उक्त टोलीले ईट्टाभट्टामा काम गर्ने २५० जना कामदारलाई कोरोना रोगको वारेमा सचेतना गरेको छ।

    उक्त गाउहरुमा हाल पुर्ण रुपमा वाटो अवरोध गरियको छ ।मानिसहरुको आवत जावत रोक्नका लागि वाटो अवरोध गरियको स्थानिय युवाहरुले वतायका थिय।

    त्यसैगरि जनस्वास्थ्य प्ररवर्धन शाखा प्रमुख ओम प्रकाश न्योपाने को नेतृत्वमा गएको टोलीले वडा नं ४ मा वडाध्यक्ष वालकृष्ण राणा ,मोवाईल RRT टीम संयोजक लेखनाथ न्यौपाने ,हलवार स्वास्थ्य चौकी प्रमुख विष्णु कुमार गिरि, समाजसेवी गणेश गिरिको सहयोगमा वडा नं ४ लामीदमारमा सर्च एण्ड रेस्क्यु अभियानमा विदेश वाट आयका व्यक्तिहरुको खोजी गर्दा ११ जना व्यक्ति फेला पारेको छ। सवैव्यक्ती हरुलाई परामर्श तथा स्वास्थ्य परिक्षण गरि होम क्वारेनटाईनमा नै वस्न सल्लाह दिइएको शाखा प्रमुख न्यौपानेले बताउनुभयो।

    अवका दिनमा समुदायमा विदेश वाट आयका व्यक्तिहरुलाई देख्ने वित्तिकै भयभित आतंकित हुने अवस्था आयकोले वडाका जनप्रतिधिको सहयोगमा खोज उद्धार तथा मनोपरामर्शको अभियान थालेको जनस्वास्थ्य प्रवर्धन शाखाले जनायको छ।

    Leave a Reply