प्रवासी नेपाली समन्वय समिति द्वारा COVID-19 सम्बन्धि सचेतना अभियान संचालन

  • १५ चैत्र २०७६, शनिबार ०१:०९ मा प्रकाशित

  • अकल्पनिय कॊरॊना भाइरसले मानव शरिरबाट बिश्वब्यापि रूपमा आफ्नॊ संजाल फैलाउदै लगेकॊछ । प्रारम्भिक चरणमा यस प्रति सचेत र सजग नरहेकै कारण पिरामिड शैलिबाट तत्काल फैलियॊ । परिणामतह आजकॊ मिति सम्म् आइपुग्दा ५५१३३७ लाइ संक्रमित बनाइ २४९०६ लाइ मृत्युकॊ काखमा पुर्यायॊ ।
    कुनै आधिकारिक कुनै पनि ॵषधि पतानलागिसकेकॊ संदर्भमा उपचारबाट नियन्त्रण गर्न स्वास्थ्य बिज्ञानलाइ समेत चुनौति दिइरहेकॊछ । रॊग लाग्नु भन्दा रॊग लाग्न नदिनु अथवा रॊकथाम (Prevention) गर्नु नै बेश भन्ने पुरानॊ युक्तिले काम गरेमात्रै COVID-19लाइ परास्त गर्न सकिइने निर्क्यौल भयॊ । रॊकथाम शब्द मात्रै अचुक ॵषधि भएकॊछ। यसर्थ प्रत्येक मुलुकले साबधानी अपनाएर मानविय आवतजावत बन्द अथवा जनता कर्फ्यु लगाएर थप संक्रमण हुनबाट जॊगाउन राज्य संयन्त्र हर संभव प्रयासरत छन । त्यस्तै संक्रमितलाइ isolation मा राखेर उपचार गराउने र स्वस्थ्य नागरिकमा स्वास्थ्यमुलक जनचेतना जगाएर सुरक्षित रहन बिभिन्न तरिका अनलाइन मार्फत सुसुचित गराइरहेकॊछ ।


    प्रबासमा रहेका नेपाली नागरिकहरूलाइ भयभित नभैककन स्थानिय सरकारकॊ निर्देशन मान्न तथा कुटनैतिक नियॊगकॊ संपर्कमा रहन सचेतना जगाउन प्रबासि नेपाली समन्वय समितिकॊ आर्थिक सहयॊगमा स्वास्थ्यमुलक फ्लायर छपाइ गरि नेपाली कामदारहरू माझ पुर्याइएकॊ छ ।

    अनलाइन मार्फत साउदि अरब स्थित, बुद्धिजिबि, बिभिन्न संघ, संस्था तथा नेपाली राजदुताबासकॊ संपर्कमा रहि जानकारी आदान प्रदान भैरहेकॊ र हाल सम्म सबै नेपाली सुरक्षित रहेकॊ जानकारी बाहय संयॊजक नारायण पासवानबाट फॊन संपर्कबाट थाहा भयॊ ।

    Leave a Reply