‘लकडाउन’ भयो भने के गर्न पाइन्छ, के पाइँदैन ?

  • ७ चैत्र २०७६, शुक्रबार १७:११ मा प्रकाशित
  • काठमाडौं । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपालमा ‘लकडाउन’ हुनसक्ने चर्चा चलेको छ ।
    आजै उपप्रधानमन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मुलुकको पछिल्लो स्थितीवारे जानकारी गराउदै साँझ ६ बजे उच्चस्तरीय समन्वय समितिको बैठक डाकेका छन् । सम्भव त सरकारले ‘लकडाउन’को निर्णय गर्न सक्छ ।

    ‘लकडाउन’को विषयमा सामाजिक सञ्जालमा विभिन्न क्रिया प्रतिक्रिया सुरु भएपनि सरकारको आधिकारिक धारणाका लागि केही समय कुनैपर्छ ।

    के हो ‘लकडाउन’

    विश्वका सयौं मुलुकमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध तयारीका रूपमा सरकारले गर्ने एउटा निर्णय हो ‘लकडाउन’ । यसमा आम सर्वसाधारणले धेरै चिन्ता लिन जरुरी छैन । सरकारले संक्रमणवाट जोगिन सर्वसाधारणलाई घरमै बस्न बाध्य पार्ने प्रकृयाका रुपमा यसलाई बुझ्न सकिन्छ । यसको अर्थ ‘लकडाउन’ भएको बेला कफ्र्यु लागेको बेला झैं घरवाट निस्कनै नपाइने हैन ।

    यस्तो अवस्थामा दैनिक खानपानका लागि आवश्यक बस्तुको जोहो गर्नु उत्तम हुन्छ । तर, हाहाकार हुने भयो भन्दै महिनौलाई पुग्ने खाद्यान्ह जोहो गर्नु जरुरी छैन

    छिमेकी मुलुक भारतले घोषण गरेको ‘जनता कर्फ्यु’ पनि ‘लकडाउन’ नै हो । यदि नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भैहाल्यो भने पनि एक ठाउँवाट अर्को ठाउँमा नसरोस् भन्नका लागि ‘लकडाउन’ गर्न लागिएको हो । यस्तो अवस्थामा अत्यावश्यक काम बाहेक अन्यत्र जान पाइदैन । यसको अर्थ यो होइन कि काठमाडौंमै बस्नु पर्छ । कोही पनि स्वस्थ व्यक्तिले आफ्नो गाउँ जान पाउछ ।

    एकछिनलाई मानौ, चितवनमा संक्रमित भेटियो । ‘लकडाउन’ भएको अवस्थामा संक्रमित भेटिएको स्थानका व्यक्ति अन्यत्र जान भने पाउदैनन् । यदि सरकारले काठमाडौं उपत्यकालाई ‘लकडाउन’ ग-यो भने उपत्यकामा रहेका व्यक्तिले अत्यावश्यक काममा जान पर्दा अनुमति लिएर मात्रै जान पाउनेछन् ।

    लकडाउनको मुख्य उद्देश्य नै भिडभाड कम गर्नु हो । त्यसो त सरकारले यसअघि नै २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरिसकेको छ । सरकारको सोही निर्णय कार्यान्वयन गर्दै पशुपति विकास कोषले २५ जना भन्दा बढी मलामी नआउन आग्रह गरेको छ भने शनिवार बेलुकादेखि पशुपतिमा आरती पनि बन्द हुने भएको छ ।

    कति सामग्री जम्मा पार्ने ?

    स्कुल, कलेज, डान्सबार, सिनेमा हल, तत्कालका लागि स्थगित भइसकेका छन् । सार्वजनिक यतायतमा पनि सुरक्षा अपनाइएको छ । यस्तो अवस्थामा दैनिक खानपानका लागि आवश्यक बस्तुको जोहो गर्नु उत्तम हुन्छ । तर, हाहाकार हुने भयो भन्दै महिनौलाई पुग्ने खाद्यान्ह जोहो गर्नु जरुरी छैन । चामल, ग्यास, नुन, तेल, चिनी जस्ता खाद्य सामग्री अभाव हुन नदिने प्रतिबद्धता सरकारले जनाएकाले धेरै खाद्य सामग्री थुपार्नु जरुरी छैन । एक बाेरा चामल, एक सिलिण्डर ग्यास, २ किलाे नुन, बढीमा पाँच किलाे गेडा गुडी,अाधा दर्जन हात धुने साबुन घरमा राख्न सकिन्छ ।

    कतिपयले हाहाकार हुने शंकामा ३/४ महिनालाइ पुग्ने खाद्यन्ह जाेहाे गरेका छन्, धेरै सामान जम्मा गर्नु राम्राे हाेइन । यस्ता अवस्थामा धेरै सामग्री थुपार्दा बजारमा सामानकाे अभाव हुन जान्छ भने व्यापारीहरूले कृतिम अभाव सिर्जना गर्न सक्छन् .। राजधानीडेली.कम बाट

    Leave a Reply