मायादेबी गाउँपालिका भित्रको सम्पूर्ण शिक्षकसंस्था बन्द ॥

  • ७ चैत्र २०७६, शुक्रबार १३:१७ मा प्रकाशित

  • कपिलवस्तु – जिल्लाको मायादेबी गाउँपालिका हिजो देखी गाउँपालिका भित्र रहेको सम्पूण विद्यालय बन्द गर्न निर्देशन जारी गरेको छ । बिहीबार बिज्ञप्ती जारी गर्दै गाउँपालिकाको क्षेत्र भित्र सबै माध्यमिक तहसम्म शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको हो । गाउँपालिकाले जारी बिज्ञप्तीमा भनिएको छ , यस गाउँपालिका भित्र अन्तर्गत सञ्चालित सामुदायीक तथा निजी विद्यालय लगायत सम्पूर्ण शिक्षण संस्थाहरुमा आधारभूत तथा विद्यालय आन्तरिक परीक्षा लगायत पठनपाठनका सम्पूण कृयाकलापहरु अर्को सूचना नभएसम्मा हिजो देखी लागू हुने गरी बन्द गर्ने निर्णय गरिएको व्यहोरा सम्पूर्ण शिक्षक , विद्यार्थी , अभिभावक र आम गाउँवासीमा जानकारी गराइन्छ । सरकारले कोरोना भाईरस संक्रमणको त्रासका कारण विद्यालयहरुलाई बन्द गर्न हिजो निर्देशन दिएको थियो । सोही निर्देशनको अवज्ञा गरी गाउँपालिकाले हिजो देखीनै विद्यालय बन्द भएको गाउँपालिकाको श्रोत ब्यक्ती अमिन प्रसाद चौधरीले बताए । बुधबार साझा बसेको सरोकारवाला बीचको बैठकपछि गाउँपालिकाले यस्तो निर्णयमा पुगको चौधरीले बताए । उनले भने अर्को सूचना जारी नभएसम्माका लागी अहिले सम्पूर्ण परीक्षा समेत स्थगित गर्दै विद्यालय बन्द गर्न भनेको छौं । बिश्वमामा कोरोनाको महामारी को संक्रमण बढेको र कपिलवस्तु जिल्ला भारतसँग सिमा जोडिएकाले संक्रमण बढ्न सक्ने खतरा अत्याधिक रहेकोले उच्च सर्तकर्ता अपनाउनु पर्ने देखिएको प्रमुख प्रशासकिय अधिकृत जनकराज पन्थीले बताए । यसअघी सरकारले पनि कोरोना भाइरसको संक्रमण रोक्न बिभिन्न गतिविधि संचालन गर्न निर्णय गरेको छ ।

    Leave a Reply