लकडाउनको समयमा नागरिकलाई अनुशासित र जिम्मेवार बन्न नगर प्रमुखको आग्रह

  • १५ चैत्र २०७६, शनिबार ११:३७ मा प्रकाशित
  • वसन्त अनुभव-
    दाङ / घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले कोरोना भाईरसको संक्रमणबाट बच्न लकडाउनको अक्षरस पालना गर्न नगरबासीलाई आग्रह गर्नुभएको छ ।

    नागरिकहरुले अटेरी गरेर घर बाहिर निस्कने, भेला हुने र सवारीका साधनहरु चलाउने गरेको पाईएपछि नगर प्रमुख चौधरीले शुक्रवार एक अपिल जारी गर्दै घरभित्रै बसेर संक्रमणबाट बच्न र बचाउन आग्रह गर्नुभएको हो ।

    एक जना व्यक्तिको लापर्वाहीले ठूलो संकट निम्तने भन्दै नगर प्रमुख चौधरीले अनुशासित र जिम्मेवार बन्न सुझाब दिनुभएको छ । दैनिक उपभोग्य बस्तुको खरिदका लागि सरकारले विहान ६ देखी ९ बजे सम्म निर्धारण गरेको समयमा पनि उच्च संबेदनशिलता अपनाउन नगर प्रमुखले आग्रह गर्नुभएको छ ।

    समान खरिद गर्दा अनिर्वाय मास्क लगाउने, भिडभाड नगर्ने, निश्चित दुरी कामय गर्ने तर्फ सावधानी अपनाउनु पर्ने उहाँको भनाई छ । साथै उद्योगी व्यवसायीहरुलाई उपभोग्य बस्तुहरुको बिक्रिमा सहजता कायम गरिदिन समेत अपिल गर्नुभएको छ ।

    रोग लाग्नु भन्दा लाग्नै नदिनु बुद्धिमानी हुने भएकाले लकडाउनको अबधीमा घर बाहिर ननिस्कन र कुनै समस्याहरु आईपरे तत्काल खबर गर्न समेत आग्रह गर्नुभएको छ ।

    साथै हालै बाहिरी देश तथा जिल्लाबाट घर फर्केकाहरुलाई स्वास्थ्य प्रति सजक बन्दै घरपरिवारको सम्पर्क देखि टाढै बस्न र त्यसको निगरानीमा परिवार, टोल विकास संस्था, वडा स्तरका जनप्रतिनिधीहरुलाई विशेष अनुरोध गर्नुभएको छ ।

    Leave a Reply