
कपिलवस्तुको मायादेबी बजार व्यवस्थापन समितिले आजदेखी एक महिनाका लागी बजार हाटबजार बन्द गरिने भएको छ । कोरोना भाइरस (कोभिड-१९) को सर्तकता अपनाउनका लागी बजारव्यवस्थापन समितिले पनि हाटबजार बन्द गर्ने निर्णय गरेको छ । बजार व्यवस्थापन समितिको अध्यक्ष परमात्म आग्रहरीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले कोरोना भाइरसबाट सर्तकता अपनाउन अनिश्चितता कालका लागी हाटबजार बन्द गर्ने , खरिदबिक्री नगर्ने , सभा , भेलासम्मेलन नगर्ने निर्णय गरिएको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ । बर्रोहीया , पकडी , लबनी , चाकरचौडा लगायतका ठाउँमा हाटबजार लाग्दै आएको समितिका अध्यक्ष परमात्म अग्रहरीले बताए ।

