तुलसीपुरमा स्वास्थ्य कर्मीहरुलाई हाइअलर्टमा राख्ने निर्णय

  • ७ चैत्र २०७६, शुक्रबार २२:०५ मा प्रकाशित
  • -वसन्त अनुभव-
    तुलसीपुर उपमहानगरको स्वास्थ्य प्रबर्द्धन शाखामा आज बसेको स्वास्थ्यसंस्थाहरुको प्रमुखहरुको मासिक बैठकले सबै स्वास्थ्यकर्मीहरुलाइ कोरोना भाइरल संक्रमण रोकथामका लागि हाईअलर्ट भएर बस्न आग्रह गरेको छ ।

    बैठकले निम्न बमोजिमको क्रियाकलाप गर्ने निर्णय गर्‍यो

    १) साथै सबै स्वास्थ्यसंस्थाहरुमा हातधुने साबुन पानीको ब्यबस्था मिलाउने,
    २) काजक्रिया सुत्केरी बिदा बाहेक कुनै पनि बिदा नबस्ने,
    ३) २४सै घण्टा मोबाइलको टचमा रहने (फोनअनमा राख्ने ), ४) संकास्पद बिरामी भेटिएमा तत्काल आइसोलेशनमा पठाउने,
    ५) दैनिक बिरामीको अपडेट स्वास्थ्य शाखामा गराउने, ज्वरो आएको बिरामीको निगरानी गर्ने ,
    ६) स्वास्थ्यसंस्थास्तरीय मोबाइल रेस्पोन्स टिम गठन गर्ने र परिचालन हुने ,
    ७) महिला स्वास्थ्य स्वयंसेबिका मार्फत जनचेतना अभियान संचालन गर्ने, पोस्टर बितरण गर्ने,
    ८) स्वास्थ्यकर्मीहरुलाई सुरक्षाका सामग्री उपलब्ध गराउन पहल गर्ने ,
    ९) सबैलाई बिदा भएकोले स्वास्थ्यकर्मीलाई यसबेला २४सै घण्टा खट्नु पर्ने र जोखिम पनि भएकोले थप सेवा सुबिधा बढाउन समेत पहल गर्न पालिकामा सिफारिस गर्ने निर्णयका साथ् बैठक सम्पन्न भएको भएको थियो ।

    बैठकको अध्यक्षता जनस्वास्थ्य प्रबर्धन शाखा प्रमुख ओम प्रकाश न्यौपानेले गर्नु भएको थियो । उक्त बैठकमा हालसम्म शाखाबाट भएगरेका गतिबिधि र आगामी दिनमा शाखाबाट गर्ने क्रियाकलाप को बारेमा जानकारी गराईएको थियो भने ।

    स्वास्थ्यसंस्थाहरुको प्रगति बिबरण को बारेमा पनि छलफल गरिएको थियो,, बैठक को सहजीकरण जनस्वास्थ्य निरिक्षक बिमल केसी ले गर्नु भएको थियो।

    Leave a Reply