
पाकिस्तानको गिल्गिट–बाल्टिस्तान प्रान्तमा कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेका एक युवा चिकित्सकको मृत्यु भएको उक्त प्रान्तका प्रवक्ताले जनाएका छन् । तर ती चिकित्सक भाइरसकै कारण वा अन्य कारणले मरेका हुन् भनी प्रवक्ताले खुलाएनन् ।
उसामा रियाज नामक ती चिकित्सकको मृत्यु आइतवार राति भएको भनी गिल्गिट–बाल्टिस्तान प्रान्तका प्रवक्ता फैजुल्लाह फराकले बताए ।
लोकान्तर

