
धादिङ । लकडाउनको अबज्ञा गर्दै रातको समयमा ट्रकभित्र त्रिपालले छोपिएर काठमाण्डौंबाट वीरगन्जतर्फ जाँदै गरेका २ सय जना धादिङको गजुरीमा प्रहरीबाट समातिएका छन ।
शुक्रबार राति १० बजे तिर ईलाका प्रहरी कार्यालय गजुरीको प्रहरी टोलीले सवारी साधनको चेकजाँच गर्ने क्रममा ९ ओटा मालवाहक ट्रक त्रिपालले ढाकेर आएको पाइएपछि शंका लागेर खोजतलास गर्दा यात्रु भेटिएपछि ट्रक र यात्रु समातिएका हुन् ।
काठमाडौं बाट बीरगंजतर्फ जाँदै गरेका ९ वटा ट्रकका चालकले ट्रक पछाडि त्रिपालले छोपेर २०० जना यात्रु ओसारेको पाइएपछि ती सबै ट्रक समाती यात्रुहरु सहित काठमाडौं तर्फ फर्काइएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
लकडाउनका कारण सवारी साधन ठप्प भएपछि राजधानीमा अलपत्र परेका बारा, पर्सा रौतहटका नेपाली नागरिकहरुका साथै भारतीय नागरिकहरु ठुलो संख्यामा रातीको समयमा सुरक्षाकर्मीको आखाँ छलेर जाँदै गरेको पाइएपछि उनीहरुलाई प्रहरीले रोकेको हो ।
यात्रुहरुले आफुहरु काठमाण्डौंमा दैनिक ज्याला मजदुरी गरेर बाँच्दै आएकोमा लकडाउन पछि काम गर्न नपाएर खान नपाउने अवस्था बनेकोले घर फर्कन लागेको भन्दै छाडिदिन प्रहरीलाई आग्रह गरेका थिए । लकडाउनको समयमा समूह बनाएर एक ठाउँबाट अर्को ठाउँमा जान नमिल्ने भएकाले उनीहरु जहाँबाट आएका हुन सोही स्थानमा फर्काउन आंफुहरु वाध्य भएको प्रहरीले जनाएको छ ।
अन्य सवारीसाधन ठप्प भएपछि शुक्रबार रातिमात्रै पृथ्वी राजमार्ग भएर एक सय भन्दा बढी मालवाहक ट्रक आवत जावत गरेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
चितवनपोस्ट बाट


Ayeko laii sarkar le quarentine bebastha garyo