
रम्जान समर्पण
धनुषा जिल्ला गा.वि.स सुगा निकाश वाड.नं.६ हाल हसपुर न.पा.वाड.नं.५ मा बस्ने श्री राम वलि सादा बिगत ३ वर्ष देखि कतारमा कोमामा परि अहिले घर फर्केका छन्।
परिवारको सपना साकार बनाउने सपनाहरु मनमा सजाउदै, घरमा पत्नी सोभा देबि र २ओटा छोरा एक छोरी छोडेर बिदेशिएका सादा कोमामा परि आफ्नो घर फर्किदा पारिवारिक जीवन धेरै दु:ख कष्टमा विताउन बाध्य भएका छन् ।
छोराछोरी पढाउन र घर परिवार चलाउनको लागि सम्मान मधेश साउदी र कतारको संस्थाद्धारा पिडत सादाको परिवारलाई आर्थिक सहयोग जुटाइ २५ हजार ५ सय ५५ रूपैयाँ सहयोग गरेका छन्।
सहयोग संकलनमा साउदीमा क्रियाशिल “सम्मान मधेश”साउदी गलोवल पोट दम्माम मिनापोटका अध्यक्ष प्रमोद कुमार यादवले ११,००० नेपाली रुपैयाँ, सम्मान मघेश कतार परिवारद्वारा १४,५५५ नेपाली रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको थियो ।

सादाको परिवार लाई “सम्मान मधेश” कतारका अध्यक्ष श्रीप्रताप साह,केन्द्रीय उपाध्यक्ष चन्द्रकिशोर यादव,ईन्डिया अध्यक्ष डा.शतिस ठाकुर,नेपाल का पदाधिकारी राजकुमार यादव,अमरेश साह,खुशिलाल मण्डल,गोपाल ठाकुर लगाईत शम्भु महरा उनको घरमै पुगेर उनको श्रीमति सोभा देवि सादालाई संकलित रकम नगद २५ हजार ५ सय ५५ नेपाली रूपैयाँ हस्तानान्तरण गरेका थिए ।
केन्द्रीय अध्यक्ष त्रिलोकी साह, उपाध्यक्ष चन्द्र किशोर यादव जीले सादाका लागि आर्थिक सहयोग गरदिनु भनेर भिडियो सार्वजनिक गरिए संगै माथिको रकम संकलित गरिएको कुरा सम्मान मधेश केन्द्रीय अध्यक्ष त्रिलोकी शाहले जानकारी गराए ।