कपिलवस्तु – नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न नेपाली चलचित्रका महानायक राजेश हमाल भगवान गौतम बुद्ध पिता राजा शुध्दोधनको राजधानी प्राचीन तिलौराकोट दरवारको अवलोकन गरेका छन् । मायादेवी गाउपालिकाको कार्यालय पकडी कपिलबस्तुका सामाजिक बिकास अधिकृत बैतुल्लाह धुनियाको निमन्त्रण स्वीकार्य गरी कपिलबस्तुको तिलौराकोटमा आउनु भएका महानायक राजेश हमाल र उहा संगै दोभान फिल्मस् प्रा.लि. काठमान्डौका निर्देशक अक्कल सिंहले अवलोकनका क्रममा राजा शुद्दोदनको राजदरवार, दरवार क्षेत्रको उत्खनन् गरिएका पुर्वी र पश्चिमी द्धार, सुरक्षा पर्खाल र दरवार क्षेत्र भित्रका उत्खनन् भएका स्थानहरुको अवलोकन गरेको हुन ।
तिलौराकोट दरवार क्षेत्र अवलोकन गर्दै पत्रकार सँगको संक्षिप्त कुरा गर्दै महानायक हमालले भगवान गौतम २९ वर्ष बिताएको ठाऊँ कपिलबस्तुलाई बिश्वका लागी पवित्र स्थल र नेपालीका लागी गर्वको स्थल रहेको भन्दै यस क्षेत्रलाई चिनाउनका निम्ति नेपाल सरकार तथा सम्पूर्ण नेपालीको दायित्व रहेको बताउनु भएको छ । तिलौराकोट ऐतिहासिक तथा पर्यटकीय भूमि रहेकोले यसको विकास गर्नुपर्नेमा जोडदिदै तिलौराकोटलाई धार्मिक तथा पर्यटकीय हिसाबले विकास गर्न नेपाल सरकार संग आग्रह समेत गर्नु भएको छ ।