दम्माम/साउदी
नेपाली राजदुताबासको आयोजनामा नेपाल उद्योग वाणिज्य श्रम तथा उपभोक्ता समितीका प्रतिनिधी सांसद बिमल प्रसाद श्रीवास्तवको नेतृत्वमा सुरक्षित आप्रवासी नेपाली श्रमिक सम्बन्धमा गठित संसदीय दलले साउदी अरबको दम्माममा अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ। साउदीको भ्रमणमा रहेको उक्त संसदीय दलमा सांसदहरू भीमसेन दास प्रधान, दुर्गा कुमारी विश्वकर्मा, गोपाल बहादुर बम, प्रमोद शाह, सूर्य नारायण यादव, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधी सांसद सुदिप पाठक, संसद भवनका उप-सचिव शिव दत्त बराल, श्रम मन्त्रालयको प्रतिनिधी केशव राज सुबेदी, शाखा अधिकृत रविलाल नेपाली र नेपाली दुताबास रियादका द्वितिय सचिव भरत खनाल सम्मिलित थियो।
दम्माम स्थित होलिडेज् रेष्टुरेण्टको सभाहलमा ५ मार्च २०२० का दिन सम्पन्न उक्त कार्यक्रम नेपाली दुताबास रियादका द्वितिय सचिव भरत खनालले संचालन गरेका थिए भने कार्यक्रममा मन्तव्य राख्ने क्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधी सांसद सुदिप पाठकले कार्यक्रमको उदेश्य बारे बोल्दै विषयगत सल्लाह सुजाव दिन कार्यक्रममा सहभागीहरूलाई आग्रह गरेका थिए।
कार्यक्रममा साउदी अरबमा क्रियाशील रहेको एनआरएनए, जिफन्ट नेपाल, तमुधी लगायत विभिन्न सामाजिक संघ संस्थाले आ-आफ्नो संस्थागत धाराणा सहित सुझाव र ज्ञापन पत्र बुझाएका थिए। जसमा वर्तमान अवस्थामा घरेलु कामदारहरू असुरक्षित रहेका कारण प्रतिबन्धित नै हनु पर्नेमा सबैको एक मत रहेको थियो भने कार्यक्रममा बोल्दै सांसद भीमसेन दास प्रधानले घरेलु कामदारहरूको लागी अनुमति नेदिने कुरामा ढुक्क हुन सबैलाई अनुरोध गरेका थिए।