राति सुतीरहेको अवस्थामा प्रहरीले भिक्षा माग्ने महिला माथी गरे बलत्कारको प्रयास ॥

  • २७ फाल्गुन २०७६, मंगलवार २१:०० मा प्रकाशित

  • कपिलवस्तु – जिल्लाको शुध्दोधन गाउँपालिका १ लबनी बस्दै आएकी एक महिला बलत्कारको प्रयास भएको छ । प्रहरी चौकी लबनीका हवल्दार हेमन्त बहादुर कुमालले राति १२ बजे आफ्नो डेरामा सुती रहेकी अवस्थामा महिला माथी बलत्कारको प्रयास गरेको छन् । करिब २ महिना अघी भारत उत्तर प्रदेशको बलरामपुर जिल्लाबाट नेपालको कपिलवस्तु जिल्लामा बसी भिक्षा माग्दै आएकी महिलामाथी प्रहरीले बलत्कारको प्रयास गरे पछि आज बिहान स्थानियले प्रहरी चौकी लबनीलाई स्थानियले घेराउ गरेको थिए । प्रहरी चौकी लबनी भवनको( दक्षिण )पछाडी रहेको बगैंचामा राति १२ बजे महिला सुती रहेको डेरा भित्र पसी खाटको किनारमा पुगी पीडितको हात खुट्टा छोप्ने क्रममा महिलाले हल्ला गरेको बताउछिन । राति सुती रहेको अरू भिक्षु मगन्तेले राति प्रतिकार गर्दा हवल्दार कुमालले कुटपिट गरेको समेत स्थानियहरु बताउछन् । स्थानियले दोषीमाथी कार्यवाहीको माग गर्दै पीडितलाई न्यायको माग गरेको छन् । हवल्दार कुमाल उपर प्रहरी नियम ऐन अनुसार कार्यवाही गरिने कपिलवस्तु प्रहरी नायब उपरीक्षक (प्रवक्त) सुनिल मल्लाले बताउनु भएको छ ।

    Leave a Reply