जब स्वास्थ्यकर्मी जोखिममा हुन्छन्, हामी सबै जोखिममा हुन्छौं : विश्व स्वास्थ्य संगठन

  • १५ चैत्र २०७६, शनिबार २१:२२ मा प्रकाशित
  • काठमाडौं, १५ चैत । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले विश्वका २ सय २ देशमा कोरोना भाइरसको संक्रमण फैलिएको जानकारी दिएको छ ।

    डब्ल्यूएचओको जेनेभामा भएको नियमित पत्रकार ब्रिफिङ कार्यक्रममा महानिर्देशक डा. अधानोम टेड्रोसले विश्वमा ५ लाख बढि मानिसलाई संक्रमणको पुुष्टि भइसकेको र २० हजार भन्दा बढि मानिसको मृत्यु भएको जानकारी दिनुभयो ।

    उहाँले १ लाख भन्दा बढी संक्रमित बिरामी निको भइसकेको भन्दै धैर्य र संयमित हुन सबैलाई आग्रह गर्नुभयो । महानिर्देशक टेड्रोसले अति प्रभावित देशहरुसँग संक्रमण नियन्त्रणका लागि भइरहेका गतिविधिबारे निरन्तर छलफल भइरहेकाले अन्तर्राष्ट्रिय समन्वय र एकताले नै कोरोनाको लडाइँलाई जित्न सक्ने बताउनुभयो ।

    महानिर्देशक टेड्रोसले व्यक्तिगत सुरक्षा सामग्रीको अभाव बर्तमान प्रमुख चुनौती रहेको बताउनुभयो । उहाँले भन्नुभयो – जब स्वास्थ्यकर्मी जोखिममा हुन्छन् हामी सबै जोखिममा हुन्छौं । त्यसैले समस्या समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य र ऐक्यबद्धता जरुरी छ

    उहाँले पीपीई अभाव धेरै देशको साझा समस्या रहेकाले धनी देशका स्वास्थ्यकर्मीलाई जत्तिकै पहुँच अति कम र मध्यम देशका स्वास्थ्यकर्मीलाई पनि आवश्यक रहेको बताउनुभयो । ७४ देशका लागि २० लाख थान पीपीई पठाइएको र बाँकी ६० वटा देशमा उत्तिकै संख्यामा पीपीई पठाउने तयारी भएको महानिर्देशक टेड्रोसले ब्रिफिङ कार्यक्रममा जानकारी दिनुभयो
    हेल्थपाटी

    Leave a Reply