एनआरएनए आईएस सचिवालयका पदाधिकारीहरुले कुवेतको दुर्घटनामा मृत्युवरण गरेका नेपालीका परिवारलाई जनही रु. १ लाख सहयोग प्रदान गर्ने

  • १८ फाल्गुन २०७६, आईतवार २२:२६ मा प्रकाशित
  • गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको २९ फेब्रुवरी २०२० शनिवारका दिन बसेको (आईएस) बैठकले कुवेत स्थित अल मुत्ला क्षेत्रमा गत १२ फेब्रुअरी २०२० मा भएको दुर्घटनामा परि मृत्यु भएका परिवार र गम्भिर घाईते भएका नेपालीहरुको लागि अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुले सहयोग स्वरुप जनही रु. १ लाख प्रदान गर्ने निर्णय गरेका छन् । निर्माणस्थलमा भएको उक्त दुर्घटनामा काम गर्दा गर्दै बालुवाले पुरिएर ६ जना नेपाली श्रमिकहरूको मृत्यु भएको थियो भने दुई जना घाईते भएका थिए। मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जिलि व्यक्त गर्दै गम्भिर घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्नुका साथै मृतकहरु र घाईतेहरुलाई उचित क्षतिपूर्ती दिलाउनका साथै मृतकका शब यथाशिघ्र नेपाल पठाउनको लागि पहल गर्न नेपाल सरकार संग माग गरेका छन्।

    यसै गरी उक्त बैठकले अन्य संस्थागत निर्णयहरू पनि गरेका छन् जस अन्तर्गत संघको केन्द्रिय कार्यालय रहेको बालुवाटारको घरजग्गा सम्बन्धि विवाद मिलाउन कानुनी लगायत अन्य पहल भईरहेको र विश्वभरीका एनआरएनए सदस्यहरुको सहयोग तथा लगानी खेर जान नदिन आवश्यक छलफल र पहल भईरहेको जानकारी बैठकमा गराईएको थियो । यस सम्बन्धमा अध्ययन गर्न गठित समितिलाई सकेसम्म छिटो अध्ययन प्रतिवेदन पेश गर्न बैठकले आग्रह गरेको छ भने १९/२१ कार्यकालका लागि गठन हुने विभिन्न समितिहरुलाई १५ दिन भित्र पुर्णता दिने निर्णय पनि बैठकले गरेको छ ।

    यसै गरी गोरखा जिल्लाको भिमसेन थापा गाउंपालिका बगुवामा बन्दै गरेको एकीकृत मिलन नमूना बस्तिलाई एनआरएनएले करीव ३० लाख बराबरको जस्तापाता उपलब्ध गरेको उक्त नमूना बस्तिको निर्माण कार्य अघि बढ्न लागेकोमा बैठकले खुशी जाहेर गरेको छ भने दोश्रो पुस्ताका एनआरएनहरुलाई नेपाल संग जोड्न र उनीहरुलाई सामाजिक तथा सांस्कृतिक रुपमा आबद्ध गरी मातृभूमी प्रति जिम्मेवारी बोध गराउन सो सम्बन्धी एउटा छुट्टै समिति बनाउने र गैरआवासीय नेपालीहरुलाई आफू बसेको मुलुकमा समेत राजनैतिक र सांस्कृतिक रुपमा सक्रिय बनाउन बैठकले एउटा बेग्लै समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
    उक्त बैठकले नेपालका दुर्गम वस्तीका छात्राहरुको शौचालय निर्माणको सहयोगको लागि मार्च ८ तारिखका दिन काठमाडौंमा गर्न लागिएको च्यारिटि डिनर कार्यक्रममा सहयोग गर्न सबै एनसिसिहरुलाई अनुरोध गरेको छ साथै विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाईरसबाट बच्न उच्च शतर्कता अपनाउन सबैलाई अपिल समेत बैठकले गरेको एनआरएनएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    Leave a Reply