नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (ईञ्जा) अन्तरगत
जापानमा विभिन्न संचार माध्यमहरुमा आवद्ध नेपाली पत्रकारहरुको सहभागितामा नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल ईञ्जा- जापान गठन गरिएको छ ।
मार्च १ – ईञ्जा स्थापना दिवसको अवसर पारेर एसिया कमिटिका उपाध्यक्ष समेत रहेका आनन्द कोइरालाको अध्यक्षतामा १७ सदस्यीय ईञ्जा-जापान समिति गठन गरिएको हो। ईञ्जा जापान उपाध्यक्षमा राजबिन थापा सचिवमा दिपक गौतम रहेका छन भने सदस्यहरुमा क्रमश खडग गुरुङ, पूर्ण चलाउने, नारायण रिमाल, शान्त पहरी, विरेन्द्र केसी, खगराज गौतम, राजन गौतम, सचिन आचार्य, किरण पाण्डे, विश्वास आचार्य, इन्दिरा खनाल, निशान राना, राम तामाङ र लक्ष्मी पौडेल रहेका छन।
यस्तै जापान कमिटिको सल्लाहकारमा जिज्ञानकुमार थापा, चन्द्र खनाल, कविकिरण न्यौपाने र मोहन घलेलाई चयन गरिएको छ।
नव गठिन समितिले ईञ्जाको विधानमा रहि एकवद्ध हुदै नेपाली समुदायको हितका लागि काम गर्ने प्रतिवद्धता जनाएको छ !