१२औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीताको उपाधी पद्मोदयलाई

  • १२ फाल्गुन २०७६, सोमबार ०१:४७ मा प्रकाशित
  • वसन्त अनुभव
    दाङ, २०७६ फागुन ११ / घोराही उपमहानगरपालिकाको आयोजनामा भएको १२औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीताको उपाधी पद्मोदय पब्लिक नमूना माबि भरतपुरले हात पारेको छ ।

    १० स्वर्ण, ४ रजत र ५ कास्यसहित १९ पदक हात पार्दै पद्मोदय माबि भरतपुर घोराही दाङले उपाधी हात पारेको हो । त्यसैगरी, १८ पदक हात पार्दै गोर्खा मावि घोराही दाङ दोस्रो भएको छ । गोर्खाले ८ स्वर्ण, ६ रजत र ४ कास्य जितेको हो ।

    त्यसैगरी, नेपाल पुलिस स्कुल घोराही दाङले ५ स्वर्ण ८ रजत र ६ कास्य गरि १९ पदक प्राप्त गर्दै तेस्रो भएको छ ।
    यसैगरी, ज्ञानसिन्धु कलेज घोराही दाङले २ स्वर्ण र एक रजत गरि ३ पदक जित्दै सान्त्वना भएको प्रतियोगिता सचिवालय संयोजक बालकृष्ण शाहले जानकारी दिनुभयो ।

    घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेको अध्यक्षता एवं प्रदेशसभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्यता तथा घोराही उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक भरतमणि आर्याल र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको बिशिष्ठ आतिथ्यतामा आज प्रतियोगिताको समापन गरिएको थियो।
    सोसल मिडियामा शेयर

    Leave a Reply