
-वसन्त अनुभव-
हात्तीपार्इले रोग बारे सामान्य जानकारी
हात्तीपार्इले रोग मानिसलाई नराम्रो गरी शारिरीक रूपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले गराउंदछ र यो रोग संक्रमित पोथी लामखुट्टेको टोकार्इबाट सर्ने गर्दछ। मानिसको शरिरमा यो परजीवि प्रबेश गरेको केही बर्ष पछि मात्र यस रोगका लक्षणहरू देखिने हुन्छ र यस रोगको लक्षण देखिसकेपछि निको पार्न सकिंदैन। हात्तीपार्इले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि यो रोगको जोखिम भएको सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम संचालन हुँदै आएको छ ।
हात्तीपार्इले रोगको परजीवि मुक्त हुन के गर्ने ?
नेपाल सरकारले रोग प्रभावित जिल्लाहरूमा प्रत्येक बर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रममा सहभागि भर्इ बर्षको एक पटक लगातार ६ बर्ष सम्म हात्तीपार्इले रोग बिरूद्धको औषधि सेवन गर्ने र अरूलार्इ पनि गर्न लगाउने ।
हात्तीपार्इले रोग बाट बच्न कस्तो औषधि सेवन गर्ने र यसले के गर्छ ?
हात्तीपार्इले रोगबाट बच्न दुर्इ थरि औषधिहरु प्रयोग हुन्छन् जुन पूर्ण रुपमा सुरक्षित छन् र यी औषधि बर्षौंदेखि विश्व भरी प्रयोग हुंदै आर्इरहेका छन् । हालसम्म विश्वभर अरबौं मात्रामा र नेपालमा पटक पटक गरि ११ करोड भन्दा बढि मात्रामा यी औषधि खार्इसकिएको छ । यी दुर्इ थरि औषधिले हात्तीपाईले रोग लागिसकेकाहरूको उपचार हुनुका साथै रोग लाग्नबाट समेत बचाउँदछ ।
हात्तीपार्इले रोग विरुद्धको औषधि कस- कसले सेवन गर्नुपर्दछ ?
आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने जिल्लाहरूमा बसोबास गर्ने औषधि सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधि सेवन गर्नुपर्दछ ।
हात्तीपार्इले रोग विरुद्धको औषधि कस-कसले सेवन गर्नु हुँदैन ?
दुर्इ बर्ष उमेर नपुगेका वालवालिकाहरू, गर्भवती र सात दिन सम्मका सुत्केरी तथा सिकिस्त विरामीहरु (उदाहरणको लागि कुनै कडा रोग लागी औषधि सेवन गरिरहेका जस्तै- क्यान्सर, मुटुरोगी, कलेजो रोगी,मृगौला रोगी, फोक्सोको दिर्घ रोगी, छारेरोगीहरू, २४ घण्टा भित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच बर्ष मुनिका बालबालिकाहरु) ले यो औषधि सेवन गर्नु हुँदैन ।
हात्तीपार्इले रोग विरुद्धको औषधि कसले दिन्छ र सेवन गर्न कहाँ जानुपर्छ ?
आम औषधि सेवन कार्यक्रम लागु भएका जिल्लाहरूमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले तपार्इंको घर नजिकैको बुथमा औषधि खुवाँउछन् ।
हात्तीपार्इले रोग विरुद्धको औषधि कहिले खाने त ?
यहि २०७६ माघ महिनाको २५ गते देखि ।
हात्तीपार्इले रोग विरुद्धको औषधि सेवन गर्दा ध्यान दिनुपर्ने केही कुराहरू छन् की ?
यो औषधि खाली पेटमा खानुहुंदैन । शरीरमा हात्तीपाईले रोगको परजीवि भएका ब्यक्तीहरूमा हात्तीपार्इले रोग विरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखार्इ, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ । यदि त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दैछ भन्ने बुझ्नु पर्दछ । ती लक्षणहरु केहि घण्टाभित्रमा आफैं हराएर जाने हुन्छ । केही गरी ती लक्षणहरु लामो समयसम्म रहिरहेमा नजिकको स्वास्थ्य संस्थामा आवश्यक सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्दछ ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष आम औषधि सेवन कार्यक्रम अन्तर्गत मुलुकका झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम रहेको छ । जसका लागि ५८८५ जना स्वास्थ्यकर्मीहरु परिचालित हुनेछन् भने १०,८३८ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु कार्यक्रममा खटिने भएका छन । यस वर्ष हात्तिपाईले रोग विरुद्ध औषधि सेवन कार्यक्रमको लक्षित जनसंख्या १३ जिल्लाका १३८ पालिकाका ७४ लाख ६१ हजार रहेको छ । साथै सातै प्रदेशमा नि:शुल्क हाइड्रोसील सर्जरीको ब्यवस्था गरिएको छ ।