साउदी जेलमा रहेका नेपालीलाई साउदी नागरिकले गरे सहयोग, २३,३०० रियल तिरेर जेल मुक्त गराए।

  • २८ माघ २०७६, मंगलवार १७:२५ मा प्रकाशित
  • रम्जान समर्पण
    नेपाल झापा निवासी तुलसी प्रसाद निरौलाको छोरा अरुण निरौलालाई एक साउदी नागरिकले साउदी रियल २३,३०० तिरेर जेल मुक्त गराइदिएका छन्।
    केही महिना देखी साउदी अरबको रियाद स्थित तरखेल जेलमा रहेका अरुण निरौलालाई उक्त रकम तिर्नु पर्ने फैसलाका साथ अदालतले तीर्नै पर्ने फैसला सुनाएको थियो ।
    उक्त फैसलापछि उहाँलाइ सहयोग गर्ने प्रतिबद्धताका साथ रकम सङ्कलन अभियानमा सामाजिक अभियन्ता कमल खरेलको टिमले सहयोग अभियान सन्चालन गरिसकेको अवस्थामा अचानक एक जना दानबिर ब्यक्ती (साउदी नागरिक) ले तोकिएको रकम सा.रि. २३,३०० एक मुस्ठ रकम तिरेर सहयोग गरि जेल मुक्त गराइदिएका छन् । अरुण निरौला सम्पूर्ण अदालति प्रकृया पुरा भइ ११ फेब्रुअरी को दिन नेपाल जादै छन् !
    अरुण निरौलाको लागि भनी चलाइएको सहयोग अभियान पूर्णरुपमा स्थगित गरिएको र रकम संकलनमा उठेको ४०० रियल उहाँलाई हस्तान्तरण गरिएको कुरा पनि कमल खरेल ले आफ्नो फेसबुकपेज बाट जानकारी गराएका छन् ।

    Leave a Reply