शिव रात्रिको शुभ अवशरमा मिथिला एकता समाज साउदी अरब द्वारा मन्दिर लाई रु २३००० अनुदान

  • १२ फाल्गुन २०७६, सोमबार ०२:२० मा प्रकाशित
  • फाल्गुन १० गते शुक्रबारको दिन शिव रात्रिको शुभ अवशरमा मिथिला एकता समाज साउदी अरबको अध्यक्ष विपिन पाठक ज्युको रोहवरमा साउदी अरब समिति द्वारा वृन्दावन न पा -९ (भुसहा) ,रौतहट जिल्ला स्थित बरहम स्थान मन्दिर लाई रु २३००० अनुदान गरिएको छ। भुसहा निवासी ताज मोहम्मद ज्युको विशेष पहलमा स्थानियहरुको उपस्थितिका बीच रकम जाफर ज्यु लाई हस्तान्तरण कार्य  गरियो ,उक्त कार्यक्रम मा मिथिला एकता समाज नेपालको अध्यक्ष : डी के चौधरी, उपाध्यक्ष :  अमन यादव, अजित यादव,नगेन्द्र मण्डल,बेचन नदाफ लगायतका उपस्थिति थियो।

    मिथिला एकता समाज साउदी अरब दवारा पीडित दुखी:अश्हायलाई सहयोग गर्नुको साथै समाजिक धार्मिक कार्यहरुमा समेत सहयोग अनुदान गर्दै आएको छ ।
    र साउदी अरब स्थित विभिन्न स्थानमा भ्रमणको क्रममा  संस्थाको सहकर्मी पदाधिकारी ज्यु संग समेत प्रत्यक्ष रुपमा भेटघाट गरि हरेक क्षेत्रको गतिविधि प्रती ध्यानाकर्षण गर्दै चुश्त,दुरुश्त राखी अन्तर क्रिया कार्यक्रमहरु समेत गर्दै आएको छ । 

    Leave a Reply