विश्वलाई त्रसित बनाइरहेको कोरोना भाइरसको औषधी थाईल्याण्डले फेला पार्यो!

  • २० माघ २०७६, सोमबार २२:४३ मा प्रकाशित
  • बिस्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना थाईल्याण्डका चिकित्सकले आफूहरुले बुहान कोरोना भाइरसबाट संक्रमित भएकी एक बिरामीलाई सफलतापूर्वक निको पारेको बताएका छन् । तिनले विभिन्न भाइरसको उपचारमा अहिले नै उपलब्ध औषधीलाई मिसाएर खान दिदाँ बिरामीलाई सन्चो भएको जानकारी दिए ।

    बैंककस्थित राजाभिथी अस्पतालका चिकित्सक डा.क्रियाङसक एतीपोर्नवानिचले अस्पतालमा *उपचार गर्न चीनबाट आएकी एक ७१ वर्षे महिला भाइरसमुक्त भएको जानकारी दिए । डा. क्रियाङसकका अनुसार ती किरामी महिलालाई ए’चआईभीको उपचारमा प्रयोग हुने औ’षधी र फ्लू हुदाँ खाइने औ’षधिको मिश्रण दिइएको थियो । अस्पताल प्रशासनले यो खबर सार्वजनिक गर्नको लागि पत्रकार सम्मेलन नै आयोजना गर्‍यो ।

    पत्रकार सम्मेलनमा अस्पतालका अधिकारीले निको भएको बि’रामीको स्वास प्रणालीमा अहिले कुनै भाइरस नदेखिएको बताए । उता, बेइजिङका अस्पतालहरुले केही बि’रामीलाई एचआईभी उपचारमा प्रयोग हुने औ’षधी दिएर निगरानी गरिरहेको थिए । तर यसले परिणाम बाहिर आएको छैन ।

    Leave a Reply