वसन्त अनुभव
घोराही, २०७६ फागुन ९ गते / राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे अायाेजनामा अाज घोराहीमा अग्रज साहित्यसर्जक नारायणप्रसाद शर्माकाे प्रस्तुतिमा एकल कविता वाचन कार्यक्रम सम्पन्न भयो ।
वरिष्ठ पत्रकार एवम् साहित्यकार शर्माकाे ८९ अाैँ जन्मदिनकाे अवसरमा परिषद्ले एकल रचना वाचनकाे याे ६३ श्रृङ्खलाको अायाेजना गरेको हाे । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकाेटाकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ पत्रकार एवम् साहित्यकार शर्माले अाधा दर्जन नयाँ तथा पुराना समसामयिक कविताहरु सुनाउनु भएको थियो भने वाचित रचनाहरूकाे समीक्षा साहित्यकार उत्तमकृष्ण मजगैयाँले गर्नुभएको थियो ।
कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, प्रलेस नेपालका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्याैपाने, प्रलेसका केन्द्रीय सदस्य शरद अधिकारी, प्रलेस दाङका अध्यक्ष भुवन देवकोटा’शरद’, सिस्नोपानी दाङ शाखा अध्यक्ष डा. लाेकराज पराजुली, साहित्यकार दामाेदर पाैडेल, नितेश खनाल लगायतले शुभेच्छा प्रकट गर्नुभएको थियो भने उपस्थित सबैले नारायणप्रसाद शर्माप्रति शुभकामना व्यक्त गर्नुभएको थियो ।
परिषद्का उपाध्यक्ष नगेन्द्र गुरुकाे स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमकाे सहजीकरण परिषद्का सचिव शारदा शर्माले गर्नुभएको थियो ।
सोसल मिडियामा शेयर