–अरुण बेलबासे–
नेपाली दूतावास रियाद साउदि अरब ले ७ फेब्रुअरी २०२० मा दूतावासकै प्रांगणमा एक अन्तर्कृया कार्यक्रम को आयोजना गरेको छ।
द्वितीय सचीव तारा गौतम द्वारा संचालन गरिएको कार्यक्रममा राजदुत महामहिम प्रो.डा.महेन्द्र प्रसाद सिंह राजपुत ज्यु को उपस्थितिका साथै ,नियोग उपप्रमुख दिलिप पौडेल ,सचिव बिपिन दुवाडी,सचीव भरत खनाल , श्रम सहचारी जीवन राई लगायत सम्पुर्ण दूतावास कर्मचारी ज्युहरु को उपस्थिति रहेको थियो।
श्रोत का अनुसार साउदी अरब ,मलेशिया ,कुवेतमा रहेका नेपाली श्रमिकहरूका विभिन्न समस्याहरू,श्रमिक हरूको अधिकार र पाउने सेवा सम्बन्धीको अवस्था ,मजदुर र रोजगार दाता बिचका समस्या हरु ,पीडित र पिडकका गुनासाहरु ,साउदी सरकार को नियम कानुन र नेपालको नियम कानुन बिचको अन्तर त्यसले श्रमिक लाई पार्ने प्रत्यक्ष असर ,म्यानपावर ब्यवसायी र सरकारि पक्ष बिचको कमजोरी तथा त्यसले निम्त्याएको विषम परिस्थितिका साथै श्रमिक को स्वास्थ्य , बिमा ,श्रम स्विकृति ,दुर्घटना ,विभिन्न कारण ले हुने मृत्युदर लगायत अरु विभिन्न पक्ष लाई सम्बन्धीत देश मै पुगेर उक्त देशका नेपाली राजदुतावासहरूसङ समन्वयन गर्दै एउटा ठोस निर्णय सहित कार्यन्वयनमा लान सकिने प्रतिबेदन तयार गर्न को लागि नेपाल सरकार ले ६ सदस्यीय समिती बनाएको थियो।
सोही समिती अन्तरगतका ५ सदस्यीय टोलि रियाद आएको हो। जसमा – परराष्ट्र मन्त्रालयका सह-सचिबका साथै पुर्ब डि.सि.एम. दूताबास रियाध साउदी अरब साथै एन आर एन एन सौदी फोकल पोइन्ट हरिश चन्द्र घिमिरे /वैदेशिक बिभागका महानिर्देशक सह सचीव डा भीष्म कुमार भुषाल / मलेसिया का लागि पुर्व राजदुत श्री रिशी राज अधिकारी / परराष्ट्र मन्त्रालय का शाखा अधिकृत श्री कुल बहादुर मगर / श्रम मन्त्रालय कि शाखा अधिकृत सुश्री जमुना काफ्ले ज्यु हुनुहुन्छ ।
सांझको मन्द चिसो मौसमको उक्त कार्यक्रममा रियादमा अवस्थित विभिन्न संघ संस्था का प्रतिनिधि हरुको पनि सहभागीता रहेको थियो।
नेपाली कांग्रेस का पुर्व सांसद माननीय बिक्रम खनाल , नेफ्स्कुन का बरिस्ठ उपाध्यक्ष श्री चन्द्र प्रसाद ढकाल
एन आर एन मध्य-क्षेत्र रियादका अध्यक्ष श्री हेम सुवेदी ,प्रवासी नेपाली एकता मन्चका संयोजक श्री शिव राज जैशी,नेपाली जन सम्पर्क समिती साउदी का सभापति श्री दीपक रेग्मी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज च्याप्टर साउदी का अध्यक्ष श्री नमराज लामिछाने,अन्तरसंस्था समिती रियाद तथा पारिवारिक समाज नेपाल साउदीका अध्यक्ष श्री अमृत पौडेल
एन आर एन पुर्व आइ सि सि सदस्य तथा हाल नब गठित मानार्थ परिषद्म साउदी अरब वाट मनोनित सदस्य रमेश भण्डारी
अनेसास च्याप्टर तथा पारिवारिक समाज नेपाल साउदि अरबका महासचिव श्री अरुण बेल्बासे ,जन सम्पर्क समिती साउदि अरब तथा काभ्रे सेवा समाज साउदी अरब का महामन्त्री सुरेश राज त्रिपाठी , का साथै स्याङ्जा सेवा समाज साउदी अरबका अध्यक्ष श्री पारस काफ्ले
अरब नेशनल बैंक तथा टेलिमनीका रेमिटेन्स म्यानेजर श्री जितेन्द्र थपलिया,बागेश्वरी टि भि का भोगेन्द्र ढकाल ,अन टाइम टि भि का खगेन्द्र बराल लगायतले नेपाली समुदाय हरुका विभिन्न समस्या हरु राख्नु भएको थियो।
सबै श्रमिक नेपाली दाजु भाई हरु सङ श्रमिक अन्तर्कृया कार्यक्रम गर्ने उदेश्य राखिएको सो कार्यक्रममा सबै जिज्ञासा र समस्या को बारेमा डि जि डा भुषाल र सह सचिव घिमिरे ले स्पष्ट पार्दै अहिलेको यो अनुगमन र अन्तर्कृया कार्यक्रम पश्चात् सरकार लाई बुझाउने प्रतिबेदन साचिक्कै कार्यन्वयनमा आउने र त्यसले सम्बन्धीत कामदारलाई धेरै फाइदा पुग्ने बताउनु भयो। डा भुषालले अब श्रम र रोजगारका धेरै कामहरु अनलाइन मार्फत गर्न लागिएको हुदा कसैले ठगिनु नपर्ने भन्दै कोहि कतै बाट ठगिएमा स्थानीय प्रहरी कार्यलयमै उजुरी दिन सकिने ब्यवस्था आफ्नै कार्यकालमा अघि बढेको बताउनु भयो। महिला कामदार लाई साउदीमा काम गर्न आउन दिन नहुने र यसले विभिन्न समस्या निम्त्याउन सक्ने भन्ने सुझावमा सह-सचिव घिमिरेले साउदीका छिमेकी देश हरुमा महिला कामदार पठाइरहेको अवस्थामा साउदीमा मात्र बन्द गर्दा त्यसले केही कुटनैतिक प्रश्नहरु पनि जिम्त्याउन सक्ने कुरामा सचेत रहनु पर्ने भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाउनु भएको थियो ।
महामहिम डा राजपुत ले स्वागत मन्तव्य राख्दै सबै को परिचय गराउदैं अहिले को साउदी को बस्तुस्थिती र विभिन्न समस्या लाई सहजीकरण गर्न को लागि साउदी मा कृयाशिल संघ संस्था हरु को सहयोग निरन्तर रहेको भन्दै धन्यवाद ज्ञपन गर्नु भएको थियो। श्रम सहचारी जीवन राई ले आफू ले भर्खरै मात्र पदभार सम्हालेका कारण धेरै कुरा बुझ्नु पर्ने बताउनु भयो।कार्यक्रम को अन्त्यमा नियोग उप प्रमुख दिलिप पौडेल ज्यु ले आफ्नो मन्तब्य राख्दै कार्यक्रम समापन गरे पश्चात् रात्री भोजन को ब्यवस्था गरिएको थियो।
कार्यक्रममा हिमालयन दृष्टि सहकर्मी अरुण बेलबासे लगायत मेरो नेपाल युब्ट्युब का किसान बिस्वकर्मा,पिटि अन लाइन का सुन्जित तामाङ र अन टाइम टि बि का खगेन्द्र बराल ,बागेश्वरी न्युज का भोगेन्द्र ढकाल ,साहित्यिक चौतारी नेपाल का अध्यक्ष कबिराज संखर , जन सम्पर्क समिती का बरिस्ठ उपसभापति अर्जुन थापा ,दलित एकता संजाल का अध्यक्ष देबेन्द्र बिस्वकर्मा ,पारिवारिक समाज का कोषाध्यक्ष मदन ओडारी ,कास्की सेवा समाज का महासचिव मनिस थापा , पदम प्रसाद पाण्डे लगायत नेपाली समुदाय को उपस्थिति थियो।