नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज रूपन्देहीको अध्यक्षमा कार्की

  • ९ फाल्गुन २०७६, शुक्रबार २१:०७ मा प्रकाशित
  • बुटवल : नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज रुपन्देहीको अधिबेशन फाल्गुन ९ गते शुक्रबार सम्पन्न भएको छ । ५ औं जिल्ला अधिबेशनबाट दिपक बहादुर कार्कीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

    जसको सचिवमा बाबुराम खनाल, कोषाध्यक्ष अम्बिका अर्याल तथा सदस्यहरुमा जीता थापा, डिल्लीराम ज्ञवाली, पटेश्वर चौधरी, जीवन पोख्रेल, यमलाल भुसाल र गायत्री ज्ञवाली रहेका छन । अधिवेशनको लुम्बिनी आयुर्वेद अस्पताल बुटवलका प्रमुख डा. नलिननाथ तिवारीले उद्घाटन गरेका थिए।

    डा. नलिननाथ तिवारी संयोजक तथा यमलाल भट्टराई र माधव बस्याल सदस्य रहेको निर्वाचन समितिले सो नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज रुपन्देहीको गठन गरेको कुरा केन्द्रीय सदस्य तथा निर्वाचन समिति सदस्य यमलाल भट्टराईले जानकारी दिए । अधिवेशन जिल्ला अध्यक्ष ध्रुवराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो
    swasthyapatra

    Leave a Reply