नेपाली श्रमिकहरुको समस्या र समाधानको बारेमा नेपाली दुताबास रियादमा अन्तरक्रिया कार्यक्रम गरियो

  • २७ माघ २०७६, सोमबार ०९:०१ मा प्रकाशित
  • साउदी अरब रियाद स्थित नेपाली राजदुताबासका प्राङ्गणमा गत ०७ फेब्रवरी २०२० शुक्रबारका दिन बैदेशिक रोजगारको शिलशिलामा रहेका नेपाली श्रमिकहरुको समस्या र समाधानको बारेमा अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न गरेका छन |

    उक्त अन्तरक्रिया कार्यक्रममा साउदी अरबका लागि नेपाली राजदुतावासका राजदुत प्राध्यापक डा.महेन्द्र प्रसाद सिंह राजदुत,नव नियुक्त श्रम सहचारी जीबन कुमार राई,अन्तरक्रिया कार्यक्रममा नेपाल देखि आमन्त्रित मलेसियाका भू.पु.राजदुत.तथा आइ एल ओ का कन्सल्टेन्ट बिषयगत विज्ञ डा. ऋषिराज अधिकारी, परराष्ट्र मन्त्रालय ,मध्य एसिया,पश्चिम एसिया, अफ्रिका महाशाखा तथा शाखा प्रमुख र साउदी अरबमा नेपाली राजदुताबासमा नियोग उप प्रमुखको रुपमा ४ बर्ष काम गरिसक्नु भएका हरिशचन्द्र घिमिरे ,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागका महा निर्देशक डा. भिष्म कुमार भुसाल परराष्ट्र मन्त्रालयका सह -सचिब कुल बहादुर मगर , श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका रोजगार व्यवस्थापन महा शाखाका शाखा अधिकृत जमुना काफ्ले,सम्माननिय पुर्व संविधान सभाका सदस्य बिक्रम खनाल लगायत साउदी अरब रियादमा रहेका विभिन्न सक्रिय संघसंस्थाका प्रतिनिधिहरुको भेला भई अन्तर क्रिया कार्यक्रम गरिएको थियो|

    साउदी अरबका लागि नेपाली राजदुतावासका राजदुत प्राध्यापक डा.महेन्द्र प्रसाद सिंह राजदुत ज्युले स्वागत मन्तव्य राखेका थिए। साथै साउदी अरबका क्रियाशील संघ संस्थाले विभिन्न काममा सहायोग गरेको भन्दै धन्यवाद ब्यक्त गरेका थिए। साउदी अरबका सरकारले निर्णय गरेको बहिर्गमन योजनाले ५००० देखि १०,००० जना अबैधानिक रुपमा रहेका नेपालीहरु घर फर्किन पाउने अवसर मिलेको र करिब १०० जना भन्दा बढि नेपाली घर फर्की सकेको बताएका थिए |

    साउदी अरबका लागि नेपाली दुताबासका नव नियुक्त श्रम सहचारी जीवन कुमार राईले अहिले सम्म कै पहिलो अनुभवी रहेकाले काम गर्न कठिनाइ हुन सक्ने भन्दै काम गरेको केहि दिनमै अचम्मको समस्याहरु आइरहेकोले दुख ब्यक्त गरेका थिए | आफ्नो समस्या बाहिर ल्याउद अझै कम्पनीबाट धेरै समस्य दिने भएकाले धेरै नेपालीहरु त्रसित भइ बसिरहेको जानकारी आउदा चिन्ता परेको बताए। धेरै नेपालीहरुलाइ आफू बसेको ठाउँ र आफ्नो सम्पर्क नम्बर समेत थहा नभएका कारण समस्य समधान गराउन गह्रो पर्न सक्ने सम्भावना रहेको बताका थिए । साथै साउदी अरबमा रहेका संघ संस्थाहरुलाइ सहकार्य गरेर अगाडि बढ्न अनुरोध समेत गरेका थिए।

    नेपालबाट पाल्नु भएका सम्माननिय पुर्व संविधान सभा सदस्य बिक्रम खनालले विभिन्न नितिनियाम बनाएर घरयासी महिलाहरुलाई पनि बैदेशिक रोजगारमा पठाउन सकिने वातावरण व्यवस्थापन गराउनु पर्नेमा जोड दिएका थिए | जोसको बेलामा ठुलो कुरा गर्ने तर कार्यान्वनमा नआउदा धेरै समस्या आएको भन्दै यसको बारेमा विभिन्न राजनीतिक दलहरुले पनि समाधानको लागि जोड दिनुपर्ने बताएका थिए |

    परराष्ट्र मन्त्रालय ,मध्य एसिया,पश्चिम एसिया अफ्रिका महाशाखा तथा शाखा प्रमुख तथा साउदी अरबमा नेपाली राजदुताबासमा नियोग उप प्रमुख को रुपमा ४ बर्ष काम गरिसक्नु भएका हरिशचन्द्र घिमिरेले बैदेशिक रोजगारको शिलशिलामा श्रमिकहरुलाई आइपर्ने श्रमिकहरुको समस्या समाधान गर्न नेपाल सरकारको मात्र नभई सबै जनाको उत्तिकै जिम्मेवार रहेको भन्दै समस्याहरु न्यूनीकरण गर्नको लागि ओरेन्टेसन कक्षको व्यवस्था हुनु पर्ने र अब आउने दिनहरुमा केहि शिप सिकेर मात्रै बैदेशिक रोजगारमा पठाउनु पर्ने कुराको सर्वेक्षण भईरहेको र सुरु गरेको कामले निरन्तरता नपाउने भएकाले सबै कामले प्रभाबकारी पाउन नसकेको बताए |

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत बैदेशिक रोजगार विभागका महा निर्देशक डा. भिष्म कुमार भुसालले अनलाईन बाट नै विज्ञापन गर्ने र सबै कुरा अनलाईन बाट भर्ना मिल्ने भएकाले सबै वैदेशिक रोजगारको वेबसाइट मा लागिन गरेर हेर्ने बित्तिकै सबै जानकारी थाहा पाउने र घर घरमा बसेर नै आफुले चाहेको कामको छनोट गर्न सकिने सबै व्यवस्था आइरहेको र पहिला जस्तो विभिन्न झन्झट बेहोर्न नपर्ने र पासपोर्टमा कुनै पनि स्टिकर नटास्ने भएकाले विभिन्न ठाउमा हुने अपमानबाट पनि टाडा रहने व्यवस्था लागु गराउने पुर्ण तयारी भैरहेको कुरा जानकारी गराएका थिए| ई सेवा लगायत अन्य आनलाईन सेवा बाट प्रयोग गरेर सबै बिलको भुक्तानी गर्ने सिस्टम को पानि पूर्ण तयारी भईरहेको र नेपाली दुताबास रियादले गरेको कार्य अत्यन्तै राम्रो रहेको भन्दै खुशी ब्यक्त समेत गरेका थिए | आफ्नो कार्यकालमा २३० दिनमा मा १४३७ ओटा मुद्दा  छिनोफानो गरेको कुरा अवगत गराएका थिए | केहि समय पछि बिमा र कल्याणकारी कोषको रकम अनलाईन बाट नै भर्न मिल्ने गरि सबै तयारी भईरहेको जानकारी गराएका थिए | छिट्टै नै नयाँ प्रबिधि प्रयोग गरेर घुसपेट कार्यलाइ बन्द गराउने योजना रहेको भन्दै अनलाईन सिस्टम ल्याएको बताएका थिए |

    प्रबाशी नेपाली एकता मंचका साउदी अध्यक्ष शिबराज जैशीले साउदी अरबमा रहेका नेपाली दिदिबहिनीहरुको अत्यन्तै दर्दानक ब्यथा रहेको भन्दै १०००+३०० जसरी हुन्छ लागु गराउनु पर्नेमा जोड दिएका थिए । साथै घरयासी काममा महिलाहरुलाई प्रतिबन्ध गराउनु पर्नेमा जोड दिएका थिए |

    नेपाली जनसम्पर्क समिति साउदी अरबका सभापति दिपक रेग्मीले नेपाली दुताबास कै प्राङ्गणमा अन्तर कृया कार्यक्रम धेरै पटक भै सकेको तर कार्यक्रम गरेर लागू गराउन नसकेकोमा दुखेसो समेत ब्यक्त गरेका थिए। साथै नेपाल सरकारले पूर्व घोषित डिजिटल सिस्टमलाइ के कसरी हुन्छ कार्यान्वन गर्न विनम्र अनुरोध गर्दै एउटा पक्ष कमाउने र आर्को पक्ष रोईरहने व्यवस्था राम्रो नभएको हुदा डिजिटल सिस्टम ल्याउदा सबै कुरामा बिचार गरेर ल्याउनको लागि सुझाब तथा अपिल समेत गरेका थिए | १० हजारमा वैदेशिक रोजगारमा जान पाउने व्यवस्था भए पनि लागू नभएको भन्दै नेपालको म्यानपावर व्यवसायी माथि पनि अनुसन्धान गर्नको लागि अनुरोध समेत गरेका थिए । प्रवासमा आएको नेपाली श्रमिकहरुलाई कम्पनीले दिएको बिमामा चौथो दर्जाको मेडिकल कार्ड दिने भएकाले भनेको जस्तो उपचार गराउन नसकेको हुदा अझै समस्यमा परेको भन्दै नेपाल सरकार देखि नै यस बिषयको समाधानमा जोड दिनु पर्ने बताएका थिए।

    अन्तर संस्था समन्वय समिती रियादका अध्यक्ष अमृत पौडेलले पनि साउदी अरबमा रहेका संघ संस्थाले साउदी अरबमा मात्रै नभई नेपालमा पनि सहायोग गर्दै आईरहेको भन्दै विभिन्न समस्यमा परेको नेपालीहरुको उद्धारको आगि चन्द संकलन गर्नु पर्ने वातावरण नआउन त्यसको लागि केहि उपय नेपाल सरकार देखि तयारी गर्नु गर्नेमा जोड दिएका थिए |

    अनेसास साउदी च्याप्टरका अध्यक्ष नमराज लामिछने digital system मार्फत वैदेशिक रोजगार जाने र फर्किने डाटाको जानकारी, कुन ठाउमा काम गर्दै छन् भन्ने जानकारी नाम र पासपोर्ट बाट सबै जानकारी प्राप्त गर्न सकिने एप्स को पनि व्यवस्था गर्न सुझाब दिएका थिए | साथै घरायसी कामदारमा ल्याउनको लागि व्यवस्थित गर्न सकेमा ल्याउन सकिने बताएका थिए । तर त्यसको लागि लागि कुन घरमा काम गर्ने,सबै जानकारी लिएर विभिन्न जानकारी गराएमा ल्याउन सक्ने बातावरण बन्न सकिने आश ब्यक्त गरेका थिए।

    एन आर एन ए आई सि सि मानर्थ सदस्य रमेश भण्डारीले माग प्रमाणीकरणले धेरै नेपाली हरुको रोजगार गुमेको मा दुख ब्यक्त गर्दै अनलाईन सेवा ल्याउदा बहिरी एजेन्ड मार्फत ठगीको काम नहोस भन्दै त्यसको ब्यबस्थापन गर्न सुझाब समेत दिएका थिए | सथै १०,००० हजारको व्यवस्था ल्याउद रोजगारीदाता लाई सुबिधा नभई त्यसले असुविधा निम्त्याएको हुदा GCC संग meeting गरेर सबैलाई बराबरी सेवा सुबिधा गराउनु पर्नेमा जोड दिएका थिए। नेपालमा नर्स पढेका ब्यक्तिहरुलाई युरोप अस्ट्रेलियामा भन्दा धेरै तलबको ब्यबस्था रहेको भन्दै लेबरमा मात्रै नभई माथिल्लो र राम्रो कामको लागि नेपालीहरुलाई पनि प्रथामिकता दिनु पर्नेमा जोड दिएका थिए।

    सल्लाह सुझाब दिने क्रममा अरुण बेलबासेले house driver हरुलाई धेरै राम्रो तलब रहे पनि नेपाल जान र आउनको लागि धेरै समस्या रहेको भन्दै यसको बारेमा नेपाल सरकारको ध्यान केन्द्रित रहोस भन्दै सुझाब दिएका थिए |

    भोगेन्द्र ढकालले पनि श्रम गर्दा १५०० सय रियालमा श्रम गरे पनि सम्झौता पत्रमा ८००+२०० राखेर धेरै नेपाली श्रमिकहरुले १००० मात्रै तलब पाइरहेको भन्दै यसको बारेमा नेपाल सरकार देखि समाधान गराउनको लागि अनुरोध समेत गरेका थिए |

    काभ्रे सेवा समाजका महासचिब सुरेशराज त्रिपाठीले नेपाली दुताबास बाट १३०० सय रियालमा  भिषाको अनुमति लिएर पनि १००० मात्रै श्रमिकहरुले तलब लिन बाध्य रहेको भन्दै त्यसको बारेमा अनुगमन गर्नको लागि अनुरोध तथा सुझाब समेत दिएका थिए |

    कार्यक्रमको अन्त्यमा दुताबास रियादका नियोग उप प्रमुख दिलिप पौडेलले दुताबासलाई झुक्केर १३०० मा भिषाको अनुमति लिई रहेको कुरा बाहिर आइरहेको हुदा  प्रमाण सहित भेटिएमा कानुन बमोजिमको सजाय भोक्नु पर्ने र कुनै पनि हालतमा त्यस्तो कार्य गर्ने व्यक्तिलाई दुताबासले नछोड्ने कुरा प्रस्ट पार्दै कार्यक्रम समापन गरेका थिए | ptonline.com बाट साभार

    केहि तस्बिरहरु 

    Leave a Reply