नेपालबाट साउदी भ्रमणमा आउनु भएका बिशेष परराष्ट्र टोलि साउदीमा, ६ महिना भित्र श्रम स्वीकृति दूतावासमा नै लिन सकिने ।

  • २५ माघ २०७६, शनिबार २३:४५ मा प्रकाशित
  • रम्जान समर्पण

    ८ फेब्रुअरी २०२० तदनुसार २५ माघ २०७६ शुक्रबार का दिन नेपाल बाट साउदी भ्रमणमा आउनु भएका बिशेष टोलि लगायत नेपाली दूतावास रियाद अरबका प्रतिनिधि ज्यु हरुद्वारा आज अल कासिम क्षेत्रका केही कम्पनीमा भ्रमण गर्नु भएको छ ।

    नेपाली श्रमिकहरुको बास्तविकता, श्रमिक माझ भएका समस्या, गुनासा र बिधमान अबस्थामा रहेको श्रम सम्बन्धि देखिएका श्रम समस्या, नेपालबाट साउदी आएका नयाँ नेपाली श्रमिकहरुको अबस्था, सरकारबाट लागु गरिएको कानुन अनुसार कामदारले करार पत्रमा उल्लेखित काम, तलब, सुबिधाहरु पाए नपाएको जस्ता कुराहरू बारे जानकारी लिएर त्यसको समाधानमा पहल गर्ने, र श्रम स्वीकृत दूतावास रियादमा नै उपलब्ध गराउने उदेश्यले उक्त गरिएको भ्रमण गरिएको थियो ।

    नेपाली दूतावास रियादका द्दितिय सचीव भरत खनाल, द्दितिय सचीव तारा गौतम, स्थानीय कर्मचारी अजय दङाल अजय दङाल, पुर्व मलेसिया राजदुत तथा हाल परराष्ट्र सल्लाहकार डाक्टर ऋषिराज अधिकारी, वैदेशिक रोजगार पुर्व महानिर्देशक तथा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डाक्टर भीष्म कुमार भुसाल, पुर्व डिसिएम साथै एनआरएनए फोकल पोइन्ट साउदी अरेबिया तथा पर रास्ट्र मन्त्रालयका सह सचिब हरिस चन्द्र घिमिरे, परराष्ट्र मन्त्रालयका शाखा अधिकृत कुल बहादुर मगर, श्रम मन्त्रालयका शाखा अधिकृत जमुना काफ्ले, ज्यु हरुले भिजिट गर्नु भएको थियो ।

    उक्त भ्रमणमा मारम फिड प्रोडक्सन कम्पनी र मुनिरा फार्ममा कार्यरत श्रमिकहरु सित एक आपसी समस्याका बारेमा अन्तर्कृया गरि परामर्श गरिएको थियो । परामर्श गर्ने क्रममा नेपाली श्रमिकहरुलाइ मध्यनजर गर्दै बढीमा ६ महिना भित्र राजदूतावास रियाद साउदी अरबमा श्रम लिने ब्यबस्था गरिने कुरा डाक्टर भीष्म कुमार भुसालले जानकारी गराउनु भयो ।

    कम्पनी भिजिट गर्ने क्रममा आर सि सि अल कासिमले उहाँहरुलाइ स्वागत गर्दै उहाँहरुको भ्रमणमा सहयोग गरेको थियो । भ्रमणका क्रममा एन सि सि उपाध्यक्ष बिशाल श्रेष्ठ, आर सि सि कासिमका अध्यक्ष रमजान दिन मियाँ, उपाध्यक्ष कृष्ण अधिकारी, सह सचीव ध्रुब कटुवाल, सदस्य बल बहादुर गिरि, र सदस्य वीर बहादुर तमाङ ले साथ दिएका थिए ।

    Leave a Reply