दोश्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि छत्रपाली माविलाई ॥

  • ४ फाल्गुन २०७६, आईतवार १०:०९ मा प्रकाशित
  • राघबेन्द्र चौबे

    (कपिलवस्तु /पकडी)
    जिल्लाको मायादेबी गाउँपालिकाले आयोजना गरेको दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगी सम्पन्न भएको छ । माघ २९ देखी फागुन ३ गते सम्मा सञ्चालन हुँदै आएको प्रतियोगीताका प्रमुख अतिथि प्रदेश नंम्बर ५ को सांसद सहषराम यादव र मायादेबी गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मी , उपाध्याय गिता तिवारी , प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थी , वडा नंम्बर ५ का अध्यक्ष पप्पू पांडेयले संयुक्त रूपमा उद्घाटन गरेको थिए । कपिलवस्तुको ऐतिहासलाई एवं पर्यटकीय ठाऊँको रुपमा पहिचान हुँदै आएको सिसहनियाकोटमा आयोजना गरिएको गाउँपालिका स्तारिय दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता पालिका भित्रको ७ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको थियो । सो प्रतियोगीतामा भलिबल , कपर्दी , दौड लगायत एथलेटिक्स अन्तर्गतका सबै खेल खेलाईएको थियो । श्री क्षत्र पाली तीर्थदेबी माध्यमिक विधालय पकडी प्रथम , श्री मुनेश्वार माध्यमिक बिधालय बहारवासी दितीय , श्री जनता माध्यमिक विधालय बालूहवा तृतीय , र श्री लाइट अफ एसिया बोर्डिङ स्कूल बर्रोहीयाले सान्त्वना स्थान प्राप्त गरेको थिए । आजको कार्यक्रममा पूर्व मन्त्री दानबहादुर चौधरी सांसद सहषराम यादव , गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले विजेता खिलाड़ीलाई सम्मान तथा पुरस्कार बितरण गरेको थिए ।  समापन कार्यक्रममा पूर्व मन्त्री दानबहादुर चौधरीको प्रमुख आतिथ्य , गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीको अध्यक्षता , सांसद सहषराम यादवको विशिष्ट आतिथ्य , छत्रपाली तीर्थदेबी माध्यमिक विधालय व्यवस्थापन समिति अध्यक्ष मधुसुदन चौधरी , नरेन्द्र प्रसाद चौधरी , अर्जुन चौधरी , रामनेवास चौहान लगायतको उपस्थित रहेको थियो ।

    Leave a Reply