कपिलवस्तु – जिल्लाको मायादेबी गाउँपालिकामा आज ल्याब सेवा सञ्चालनमा ल्याएको छ । ल्याब सेवा सञ्चालनमा आए पछि यो क्षेत्रको बासीहरु तौलिहवा र भैरहवा जाने बाध्यता हटेको छ । जनतासँग मायादेबी गाउँपालिका अन्तर्गत सामाजिक बिकास कार्यक्रम भित्र रहेर गाउँपालिकाको पकडी स्वास्थ्य कार्यालयमा एक कार्यक्रम बिच ल्याब सेवा उद्घाटन गरिएको छ । ल्याब सेवा उद्घाटनको प्रमुख अतिथि पाँच नंम्बर प्रदेश सांसद शुष्मा यादव र वडा नंम्बर एकका अध्यक्ष एवं पकडी अस्पताल बिकास समितिको संयोजक हरिगोबिन्द चौधरीले उद्घाटन गरेको थिए । गाउँपालिकाले आफ्नै निति तथा कार्यक्रम बनाएर सामान्य रगत परीक्षण गर्नको लागी तौलिहवा र भैरहवा जानुपर्ने बाध्यता लाई रोक्नको लागी आफ्नै पालिकामा सेवा शुरुवात गरेको बताए । ल्याब सेवासँगै अब सबै नागरिकले आफ्नै घरदैलोमा स्वास्थ्य सेवा लिन पाउने गाउँपालिकाको निति रहेको छ । यो सँगै स्वास्थ्य चौकीको पहुँच नभएको बस्तीलाई सेवा दिने उदेश्यले र नेपाल सरकारले स्वास्थ्य कार्यालयबाट निःशुल्क प्रदान गरिने औषधी सबै नागरिक तह सम्मा पुऱ्याउने उदेश्यले यो स्वास्थ्य केन्द्रमा स्थापन गरिएको छ । कार्यक्रममा पूर्व मन्त्री दानबहादुर चौधरी , गाउँपालिका उपाध्यक्ष गिता तिवारी , पकडी स्वास्थ्य कार्यालय प्रमुख विश्वानाथ ठाकुर , गाउँपालिका स्वास्थ्य संयोजक महेन्द्र प्रसाद यादव लगाएतको उपस्थिति रहेको थियो ।
