
नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा यही माघ २३ गते काठमाडौँ–पोखरा मोटर र्याली आयोजना हुने भएको छ । भ्रमण वर्षमा मुलुकको आन्तरिक पर्यटन प्रवद्र्धन तथा क्यान्सर रोगबारे जनचेतना फैलाउने उद्देश्यले सातौँ अमेजिङ मोटर -याली आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
केजीएच फाउन्डेसन र रोटरी क्लब अफ काठमाडौँको सहयोगमा उक्त -याली आयोजना गर्न लागिएको हो । नेपाल पर्यटन बोर्डबाट शुरू हुने -याली साँझ पोखरा पुगेर समापन हुनेछ ।
र्यालीमा ४५ वटा गाडीको सहभागिता रहने र्यालीका संयोजक दिवाकर राजकर्णीकारले जानकारी दिनुभयो । र्याली मा सहभागी हुन रु १२ हजार शुल्क लाग्नेछ भने गाडीमा चार जना व्यक्तिभन्दा बढी बस्न पाइने छैन ।
सहभागीको गाडीमा ‘ट्र्याकिङ डिभाइस’ जडान गरी ‘स्पिड’ जाँच गरिन्छ । गाडीको ८५ किलोमिटरभन्दा बढी स्पिड भएमा प्रतियोगिताबाट बाहिरिनुपर्ने जनाइएको छ ।
र्यालीको कार्यक्रम सकेपछि भोलिपल्ट रोटरी क्लबले सराङकोटमा रहेको जनजागृति विद्यालयमा स्वास्थ्य शिविर आयोजना गर्नेछ भने विद्यार्थीलाई झोला तथा स्कुलमा स्टेसनरी वितरणसमेत गर्नेछ ।
आयोजकका अनुसारर्यालीमा सहभागी प्रथम, द्वितीय र तृतीय हुनेलाई उचित पुरस्कार दिइनेछ । प्रथम हुनेलाई कतार एयरले एउटा हवाई टिकट, द्वितीय र तृतीयलाई बुद्व एयरको माउन्टेन उडानको टिकट दिइनेछ । रातोपाटी.कमबाट