
-वसन्त अनुभव-
अर्थ मन्त्रालयले २०५७ साल श्रावण १ गते भन्दा पहिले स्थायी नियुक्ति पाएका प्राविधिक कर्मचारीहरुलाई प्राविधिक ग्रेड बापतको २ ग्रेड दिने भएको छ ।
२०७३ साल साउनमा ग्रेड समायोजन हुँदा २०७३/४/१ भन्दा पहिले प्राविधिक कर्मचारीहरुले खाईपाई आएको प्राविधिक ग्रेड नदिएर साविक ग्रेड दरमा हुने २ ग्रेडको रकम तलबमानमा थप गरि दिदै आएको थियो ।
सम्मानित सर्वोच्च अदालतबाट मिति २०७६/१/१५ मा भएको फैसला/ आदेश कार्यान्वयन स्वरुप अर्थ मन्त्रालयले मिति २०७६/११/४ गते सबै मन्त्रालय/ आयोग/ सचिवालय/ कार्यालयमा परिपत्र गर्दै प्राविधिक २ ग्रेडको कार्यान्वयन गर्न भनेको छ ।
परिपत्र बमोजिम प्राविधिक कर्मचारीहरुले २०७३/४/१ पश्चात् पाउने १ दिन बराबरको प्राविधिक २ ग्रेड वापत हुने रकमबाट खाईपाई आएको एकमुष्ट रकम घटाई बाकी रकममात्र भुक्तानी दिने ।
हाल पदमा बहाल नरहेका तर यसैबीचमा सेवा निवृत्त भइ सकेका राष्ट्रसेवक प्राविधिक कर्मचारी भए निजहरूको समेत प्राविधिक ग्रेड वापतको फरक रकम उपलब्ध गराउन भनेको छ ।
हेर्नुहोस परिपत्र

तर त्यस्ता कर्मचारी हरुलाई २०७६ साल माघ महिना देखि १ दिनको तलब बराबर १ ग्रेड हुने गरि प्राविधिक २ ग्रेडलाई तलबमानमा समायोजन गरि खुवाउन भनिएको छ ।