कतारमा आत्महत्या गरेका बिकाश बि.क. को शव नेपाल पुग्यो ।

  • ७ फाल्गुन २०७६, बुधबार ०१:५५ मा प्रकाशित
  • रम्जान समर्पण

    १८ फेब्रुअरी २०२०, कतार । खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका वडा न: ९ साविक बडा न: २ तल्लो माबे घर रहेका, गत १० फेब्रुअरी २०२० सोमबारका दिन कतारमा आत्महत्या गरि दोहा स्थित हमद अस्पतालमा राखिएका बिकाश बि.क. को शव आज नेपाल पुगेको छ ।
    बिगत ५ बर्ष देखी कतारको उम सलाल अलि स्थित एक लेक्सेस कम्पनीमा कार्यरत रहेका बिकाश बि.क. केही समय पछि नेपाल छुट्टी आउछु भनि घरमा खबर गरे पनि नेपाल नफर्की आत्माहत्या गरिएको सोही कम्पनीमा कार्यरत बिष्णु परियारले जानकारी दिएका छन् ।
    गत हप्ता घटेको उक्त घटनाको खबर मलेसियामा रहेका आफ्नै गाउँका सामाजिक अभियन्ता यज्ञ कुमार राईले सोही कम्पनीका बिष्णु परियार, कतार तथा साउदीमा रहेका विभिन्न समाजसेवी, किरात राई यायोख्खा कतारका पदाधिकारीहरु, कतार तथा साउदिमा रहेका NRNA पदाधिकारीहरु ,खोटाङ सेवा समाज कतारका पदाधिकारीहरु, नेपाल मगर संग शाखा कतारको कला तथा संस्कृतिक बिभागका पदाधिकारीहरु सितको बारम्बार समन्वय र पहलमा बि.क को कम्पनी र दूतावास कतार बाट आवस्यक कागजात प्रक्रिया सम्पन्न गरेपछि बि.क को शव आज नेपाल पुग्न सफल भएको छ
    उहाँको शव नेपाल पुर्याउन NRNA मध्यपुर्व सह संयोजक राजेन्द्र अर्याल जोन, कतार बाट किरात राई यायोख्खाका कोषाध्यक्ष गजेन्द्र खालीङ, खोटाङ सेवा समाज कतारको अध्यक्ष रूद्र बहादुर आचार्य, कतार NRNA का अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान , आर सि सि अल कासिम साउदीका अध्यक्ष रम्जान दिन मियाँ, नेपाल मगर संग शाखा कतारका कला तथा संस्कृतिक बिभागका संयोजक, नेपाल मगर संस्कृति परिवारको अध्यक्ष तिल बिक्रम मगर हरुले आ आफ्नो ठाउँबाट अमुल्य सहयोग गर्नु भएको थियो ।
    कतारको NRNA अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले उहाँको कम्पनी र दूतावास रियादमा समन्वय गरि बि.क ले पाउनु पर्ने तलब उपलब्ध गराइ आजै १८ फेब्रुअरी २०२० का दिन ५:३० बजे बेलुकाको कतार एयरलाइन्स बाट उहाँको शव नेपाल पठाउन अमुल्य सहयोग गरेका छन्।
    बि.क को शव बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिल्ली कुमार राई र मृतकका भाई दिपक बि.क आएका र डिल्ली कुमार राईले शव लाइ खोटाङ घर सम पुराउन बैदेशीक रोजगार प्रवन्ध बोर्ड लाई निवेदन गरि काठमाडौ बाट शव खोटाङ घर सम्म लैजानका लागि मृतकको भाई लाई सहयोग गर्ने कुरा सामाजिक अभियन्ता यज्ञ कुमार राइले जानकारी दिए ।।

    Leave a Reply