एनआरएनए एलसिसि खोबरद्वारा प्यारालाइसिस ग्रसितलाई आर्थिक सहयोग ।

  • १९ माघ २०७६, आईतवार ०१:४३ मा प्रकाशित
  • रम्जान समर्पण

    ३० जनवरी २०२० साउदी अरब,१० महिना देखि प्यारालाइसिस बाट ग्रसित तनहुँका हर्कमान दराइलाई गैर आवासीय नेपाली संघ पुर्बी प्रान्त स्थानीय समन्वय परिषदले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

    साउदी अरबको दम्माम स्थिति अल दोस्री कम्पनीमा कार्यरत ५६ बर्षिय दराइलाई अचानक प्यारालाइसिस भएपछि एलसिसि खोबरले भेट गरि आवश्यक सहयोग गरेको थियो । NRNA खोबर LCC का अध्यक्ष बिष्णु भण्डारी, सचिव पूर्ण सुनार र उपाध्यक्ष वृखराम तामाङ उहाँको निवासमा गइ लत्ताकपडा, दैनिक प्रयोग सामाग्री, walking stands ब्यबस्था गराएका थिए । भने उहाँलाई उहाँको कम्पनीमा समन्वय गरि नेपाल पठाउन सफल भएका थिए ।


    हर्कमान नेपाल गएर उपचाररत गर्दैगर्दा आर्थिक स्थितिको कमजोर भएका कारण गैर आवसिय नेपाली संघ (NRNA) एल सि सि खोबर बाट आर्थिक रकम संकलन गरि नेपाली रुपैया ३०,००० (तीस हजार) उहाँलाई हस्तान्तरण गरिएको छ । एलसिसि अध्यक्ष बिष्णु प्रसाद भण्डारीले जानकारी गराउनु भयो ।

    Leave a Reply