
अरुन बेल्बासे, साउदी अरब
गत १४ फेब्रुअरी शुक्रबारका दिन अनेसास साउदी च्याप्टर साउदी अरबले प्रणय दिवसको अवसर पारेर राजधानी रियादमा आफ्नो समाज को वार्षिकोत्सब तथा भिजिट नेपाल २०२० को पर्वधन गर्ने उदेश्यले प्रथम वार्षिकोत्सव तथा विशेष रचना बाचन कार्यक्रम बृहत रुपमा सम्पन्न गरेकाे छ ।
कार्यक्रम साउदी अरबका नेपाली राजदुतावासका महामहिम राजदुत प्रो. डा. महेन्द्र प्रसाद सिंह राजपुत ज्युको प्रमुख आतिथ्य र अनेसास च्याप्टर साउदी का अध्यक्ष नमराज लामिछानेको सभापतित्वमा संचालन गरिएको थियो ।
उपस्थित विशिष्ठ अतिथिहगणहरु क्रमश: एन आर एन ए आइसिसी पुर्ब सदस्य तथा मानार्थ सदस्य रमेश भन्डारी, प्रवासी नेपाली एकता मंचका अध्यक्ष शिबराज जैशी, जनसम्पर्क समितिका सभपति दीपक रेग्मी, काभ्रे सेवा समाज का महासचिव सुरेश राज त्रिपाठी , तामाङ एकता समाजका अध्यक्ष राम बहादुर लामा, नेपाली साहित्यिक चौतरीका अध्यक्ष कबिराज संखर, कास्की समाजमा अध्यक्ष अमर सापकोटा लगायत अन्य साउदी रियाद मा रहेका विभिन्न संघ संस्था का प्रतिनिधि स्थानीय चर्चित कलाकारहरु, संचारकर्मिहरु, साहित्यकारहरु र धेरै दर्शकहरुको उपस्थित थियो ।
प्रमुख अतिथी महामहिम राजदुत ज्यु ,प्रबाशी नेपाली एकता मंच अध्यक्ष शिबराज जैशि जनसम्पर्क समितिका सभापति दीपक रेग्मी,मोरङ सुनसरी समाज का केन्द्रिय सल्लाहकार कुमार कार्की लगायत सम्पुर्ण वक्ताहरुले शुभकामना तथा मन्तव्य राख्दै अनेसास साउदी च्याप्टर साउदी अरबमा रहेका नेपालीहरुको सामजिक संजाल मार्फत आफ्नो रचना पढ्न पाउदा खुसी लागेको र साहित्य समाज का हरेक पक्षसंग जोडिएको तथा साहित्य को माध्यम बाट समाज मा आमूल परिवर्तन ल्याउन सकिने भन्दै अनेसास बिश्वब्यापी रुपमा भएकाले फेसबुकमा,ट्विटर मा मात्रै सिमित नभई पुस्तक प्रकाशन मा समेत पढ्न पाइयोस भन्ने सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
सभापति र प्रमुख अतिथी ले खादा ओडाएर सम्मान गर्दै परिवारिक समाजका कोषाध्यक्ष समेत रहेका मदन ओडारी लाई अनेसास साउदी च्याप्टरको सल्लाहकारमा चयन गरिएको छ। अध्यक्ष नमराज लामिछाने ,सल्लाहकार मदन ओडारी ,अमर सापकोटा, घायल तिवारी , बालकृष्ण पौडेल , ईम राना मगर, राज चेम्जोङ लिम्बू ,कुमार कार्की , प्रकाश शर्मा पि.के. , देबेन्द्र बिश्वकर्मा,असिम बिस्वकर्मा , बिमल गौतम ,निरु बस्नेत निरु लगायत का साहित्यकार हरुले आफ्ना बेजोड रचनाले दर्शक लाई मनोरञ्जन दिनु भएको थियो।
चर्चित गायक सुमधुर स्वर का धनी रबिन सुब्बा र अनेसास च्याप्टर साउदिका सचिव समेत रहनु भएका गायक नगेश तामाङ ले सु मधुर गीत ले मन्त्रमुग्ध बनाउनु भएको थियो।
अनेसास च्याप्टर साउदीको महासचिव को नाता ले यो पंक्तिकार लाई कार्यक्रम संचालन गर्ने सौभाग्य साथै आफ्ना तीन गजल समेत बाचन गर्ने सौभाग्य मिलेको थियो।
अतिथिगणहरुलाई ब्याच र खादाको सट्टामा पिपलको पातमा अतिथी लेखेर स्वागत तथा सम्मान गरिएको
उक्त कार्यक्रम अनेसास को वार्षिकोत्सब र नेपाल सरकार को निर्णय अनुसार संसार भर प्रचार र पर्वर्धन गरिएको भिजिट नेपाल 2020 लाई मध्यनजर गर्दै रचना बाचन समेत गरिएको थियो।सोही दिन प्रणय दिवस समेत परेको ले साहित्यकार हरु ले दमदार श्रींगारिक गजल प्रस्तुत गर्दै आफ्ना प्रियसि हरु को याद गरेका थिए।प्रायः गजल र कविता मा माया,बिछोड को पीडा , बदलिँदो समाज माथिको ब्यङ्ग ,नेपाली राजनीति प्रतीको आक्रोश पोखेका थिए ।