सोलेमानीकी छोरी जेइनपले अमेरिकालाई प्रत्यक्ष रुपमा आक्रमण गर्ने भन्दै दिइन् चेतावनी !

  • २१ पुष २०७६, सोमबार २१:४७ मा प्रकाशित
  • काठमाडौं : पौष २१, अमेरिकी आक्रमणमा इराकको राजधानी बग्दातमा मारिएका इरानी कुड्र्स फोर्सका जेनेरल कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टिमा हजारौँ जनता सहभागी भएका छन् । दशौं हजार मानिस उनलाई श्रद्धाञ्जली दिन शोकसभामा सहभागी भएका हुन् ।

    सोलेमानीको अन्त्येष्टिको क्रममा इरानका सर्वोच्च नेता अयातोल्याह अली खमेनीले आँशु नै झारे । यस्तै सोलेमानीकी छोरी जेइनपले अमेरिकालाई प्रत्यक्ष रुपमा आक्रमण गर्ने भन्दै चेतावनी दिएकी छन् ।

    मध्यपूर्वमा रहेका अमेरिकी सिपाहीका परिवार आफ्ना सन्तानको मृत्युको पर्खाईमा समय बिताइरहनेछन् जेइनपले भनिन् । अमेरिका र इजरायलका लागि अँध्यारो दिनको समेत दिइन् । सम्बोधनको क्रममा उनले भनेकी छन्, पागल ट्रम्प, मेरो बुवाको शहादत्सँगै सबै समाप्त भयो भनेर नसोच !

    यससँगै इरान र अमेरिकाबीच तनाव चर्किँदै गएको छ । इरानले २०१५ को आणविक सम्झौताबाट पछि हटेको भन्दै अमेरिकासँग बदला लिने चेतावनी दिँदै आएको छ । अमेरिकाले पनि इरानले आक्रमण गरेको खण्डमा आफूले जवाफ दिने भन्दै ५२ स्थानलाई निशाना बनाएको बताएको छ ।

    Leave a Reply