–बसन्त अनुभव-
घोराही, २६ पाैष / लेखक सङ्घ दाङकाे अायाेजनामा गीतकार प्रकाश के.सी. र गायक शरद समीपकाे अाधुनिक गीतिसङ्ग्रह ‘गाेधुली’ काे अाज घोराहीमा एक कार्यक्रमको आयोजना गरि समीक्षा गरिएको छ।
कार्यक्रममा दङाली गायक शरद समीपद्वारा स्वरवद्व रहेका तथा प्रकाश के.सी., प्रवल बिष्ट लगायतका स्थानीय गीतकारहरुका अाधुनिक गीतहरु गाइएको थियो ।
गीतिसङ्ग्रह ‘गोधुली’काे समीक्षा भने साहित्यकार एवं सँस्कृतिविद् डा. गाेविन्द अाचार्यले गर्नुभएको थियो । समालोचना समीक्षाकाे क्रममा डा.अाचार्यले ‘गीतहरु समसामयिक, प्रतिकात्मक एवम् अालाङ्कारिक हुनुका साथै समाज र संस्कृतिसँग जाेडिएका बताउनु भयो। साथै गोधुलीका गीतहरुमा सामाजिक समानता र असमानता भित्रको समिश्रण भेटिने कुरा बताउनुभयाे ।
लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्याैपानेकाे अध्यक्षता तथा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यमा भएको भएको कार्यक्रममा प्रमुख अतिथि एवं राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकाेटा, गीतकार एवम् गजल अभियन्ता प्रवल बिष्ट, सिद्धरत्ननाथ नमुना मा.वि. नारायणपुर दाङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक पाण्डे लगायतले शुभेच्छा प्रकट गर्नुभएको थियो भने गीतकार प्रकाश के.सी.ले सबैलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा लेखक सङ्घ दाङका सह-सचिव हुमबहादुर डी.सी.ले अतिथिहरुलाई स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण लेखक सङ्घ दाङका सचिव पिताम्बर रिजालले गर्नुभएको थियो ।