रम्जान समर्पण
पाल्पा तानसेन घर भइ गत पुस १ गते वैदेशिक रोजगारीका लागि साउदी अरब हिडेका २२ वर्षीय मोहन जर्घाको साउदी अरब पुगेको २२ दिनमै मृ’त्यु भएको छ ।
आफ्नो घरपरिवारको सुन्दर सपनाहरु सजाउँदै साउदी आएका मोहन सपनाको सुरुवात पनि गर्न पाएनन् । पुस १ गते मोहन साउदी तिर लागेका थिए भने उनका दाई कृष्णबहादुर जर्घा अर्को दिन पुस २ गते मलेसियातर्फ उडेका थिए। संयोग दुइ भार्ईको वैदेशिक यात्रा एक दिनको फरकमा भएको थियो। आफु सुखी र आमालाई खुसी बनाउने मनभरी सपना बोकेर साउदी गएका मोहनको सपना सपनामै सिमित हुन पुग्यो। उनले बुनेको सपनाको महल साउदी अरबको खाडीमा अस्ताउन पुगेको छ ।
साउदी अरबको रियादमा कार्यरत मोहन ड्युटी सकेर कोठामा फर्कदै गर्दा सवारी दु’र्घटनामा परेर उनको मृत्यु भएको दाजु कृष्णले बताए। साइकलमा आउदै गरेका उनलाई एउटा कारले ठ’क्कर दिएको थियो। भने पुस २३ गते मृ’त्यु मोहनको मृत्यु भएको र अहिलेसम्म श’व नेपालमा आउन सकिरहेको छैन्।
कान्छो छोरा मोहनले विदेश हिड्ने बेलामा भनेका थिए । ‘म पैसा कमाएर आउछु र पहिले आमा तिमी बस्ने घर बनाउछु’ भा’वविह्वल हुँदै दुवै आँखाको गहभरी टिलपिल आँशु लिदै आफ्नी ६० बर्षिय आमा नरमतिले भनिन् । क्याफेमा काम गर्न जान पाउने भएपछि मोहनले काठमाडौंमा बसेर एक महिना कफी बनाउने तालिम लिएका थिए।
भाइको मृ’त्युको खबर पाएलगत्तै दाजु कृष्ण जर्घा २७ दिनमा मलेसियाबाट घर फर्किएका छन्। अहिले उहाँको परिवारलाई ठुलो पिडा परेको छ । अहिलेसम्म भाडाको कोठामा बस्दै आएका घरपरिवार मोहनको मृत्युपछि घरभाडा समेत कसरी तिर्ने भन्ने चिन्तामा छन् । उल्टै साहुको ऋणले थिचिएका र मोहन साउदी अरब जाँदा तीन लाख ऋण लागेको मोहनको आमाले बताइन्।
अहिलेसम्म मोहनको शव नेपाल पुगेको छैन ।मोहनलाई पठाएको म्यानपावरले दिएको आश्वासनमा आफुहरुले शव पर्खिरहेको उनको दाइ मोहनले बताए।
मोहन काठमाडांैको सिनामंगलस्थित फजल इन्टरनेशनल प्रालिबाट साउदी अरबको रियाद पुगेका थिए।
श’व नेपाल ल्याउने प्रक्रिया चलिरहेको आश्वासन प्रालिबाट पाएको कृष्णले बताए। यद्यपि १२ दिन पुग्दा समेत श’व आउने सुरसार नदेख्दा कृष्णको परिवारमा झनै निराशा थपिएको छ। उनले भाइको श’व जतिसक्दो छिटो नेपाल ल्याइलिन नेपाल सरकारसँग आग्रह गरे। श’व नेपाल ल्याउने प्रक्रिया अगाडि बढिरहेको प्रालिका अध्यक्ष लक्षिराम ढुंगानाले बताए। ‘श’व जतिसक्दो छिटो नेपाल ल्याउनेगरी हामीले पहल गरिरहेका छौं’ ‘उनले भने तर साउदीमा रहेको नेपाली राजदुतावासले प्रयास नगर्दासम्म छिटो झिकाउन सकिदैन्।’
श’व कहिलेसम्म नेपाल आउछ भन्नेमा उनी पनि अ’न्योलमा छन्। मोहनको मृत्युपश्चात परिवारले पाउने राहतको बारेपनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि नबढेको स्थानीय बीरबहादुर रानाले बताए। ‘मजदुरी गरेर जिविको चलाउदै आएको यो परिवारमा दुःखद् घ’ट्ना घ’टेको छ’ उनले भने ‘नियमसँगत पाउने रातह र श’व घरमा ल्याइदिने काम छिटोभन्दा छिटो सम्बन्धित निकायले गरिदिन अनुरोध गरे।
श्रोत इसिधाकुरा.कम बाट