साउदीमा घाँटी काटेर २४ घण्टा झुण्ड्याउने साजय पाएका उमेश अन्ततः नेपाल फर्के

  • ८ माघ २०७६, बुधबार २१:५५ मा प्रकाशित
  • ८ माघ २०७६ । साउदी अरेबियामा मृत्यु दण्डको सजाय पाएका धनुषाका उमेश यादव नेपाल आइपुगेका छन् । उनी बुधबार बिहान काठमाडौंको त्रिभुवन बिमानस्थल आइपुगेका हुन् ।

    उमेशलाई उनको जीवनरक्षाको निम्ति विगत २ वर्षदेखि अभियान चलाएका जनकपुरका समाजिक अभियन्ता सरोज रायले बिमानस्थलमा स्वागत गरेका छन् ।

    सन् २००६ मा सहकर्मी पाकिस्तानी नागरिक मोहम्मद लतिफ वासिरको हत्या गरेको अरोपमा जुवेलका जेनर कोर्टले १५ अप्रिल २०१८ मा उमेशलाई मृत्यु दण्डको सजाय सुनाएको थियो । वैदेशिक रोजगारीको शिलशिलामा धनुषाको कमला नगरपालिका ३ का बासिन्दा उमेश सन् २००६ मै साउदी पुगेका थिए । गएको केहि समय पश्चात विवादकै क्रममा पाकीस्तानी नागरिकको मृत्यु भएपछि उमेशलाई त्यहाँका प्रहरीले हत्या आरोपमा पक्राउ गरी कारबाही प्रक्रिया अघि चलाएको थियो । जुवेल जेनरल कोर्टको आदेशमा उमेशलाई साउदीकै जुवेल जेलमा राखिएको थियो । १३ वर्षदेखि उनी जेल जीवन बिताउदै आएका थिए ।
    दुईवर्ष अघि उमेशलाई मृत्यु दण्डको सजाय भन्ने समाचार सार्वजनिक भएपछि जनकपुरका समाजिक अभियन्ता रायले उनको जीवनरक्षाको निम्ति अगाडी बढेका थिए । अभियन्ता रायले दुईवर्षदेखि उमेशलाई बचाउन ब्लडमणिको लागि चन्दा संकलन गर्दै परराष्ट्र मन्त्रालय, दुताबासको सहयोगमा मृतक पाकिस्तानीको घरमा समेत पुगेर उनको जीवनरक्षाको निम्ति गुहार गरेका थिए । मृतक परिवार उमेशलाई बचाउन सकारात्मक भएपछि अभियन्ता राय ब्लडमणि लगायत अदालती प्रक्रियामा अगाडी बढेका थिए । मृतक परिवारलाई ३० लाख पाकिस्तानी रुपैयाँ ब्लडमणि समेत रायले प्रदान गरेका थिए ।


    बिमानस्थलमा उमेशलाई स्वागत गर्दै सरोज रायले उमेशको जीवनरक्षाको निम्ति सहयोग गर्ने सबैप्रति अभार व्यक्त गरेका छन् । उनले उमेश २ दिनभित्र आफ्नो घर फर्किने बताए ।

    मृत्युको मुखबाट बचेर नेपाल फर्केका उमेशले ाफुलाई जीवनरक्षा गरिदिएकोमा अयिभन्ता राय, पाकिस्तानी मृतक परिवार र सम्पूर्ण सहयोगीप्रति अभार प्रकट गरेका छन् । उनी विमान स्थलमा आइपुग्दा निकै भावुक भएका थिए । टुडेपाटी.कम बाट साभार ,

    Leave a Reply