साउदीबाट स्वदेश फर्किन नसकेका नेपालीका लागि दूतावास साउदीले स्वदेश फर्काउन सुरु गर्‍यो बहिर्गमन अभियान ।

  • ५ माघ २०७६, आईतवार २१:५७ मा प्रकाशित
  • शुक्रबार पनि दूतावास खुल्ला रहने

    रम्जान “समर्पण”

    साउदी अरबले आफ्नो देशमा रोजगारीमा रही विविध कारणले अकामा नबनेका वा अकामा नवीकरण नगरेका वा नभएका, कम्पनी छोडी भागेका, सार्वजनिक सजाय नपाएका वा सजाय भुक्तानी गरिसकेका विदेशी कामदारहरुका लागि साउदी सरकारले वहिर्गमन (Exit) को व्यवस्था गरेको सन्दर्भमा नेपाली राजदूतावास रियादले गत मिति २०७६/९/११ का दिन पहिलो सूचना प्रकाशित गरिएको थियो ।
    साउदी सरकारले ल्याएको यो बहिर्गमन योजना अन्तर्गत स्वदेश फर्कन चाहने नेपालीहरुलाई मध्यनजर गर्दै स्वदेश फर्कन आवश्यक पर्ने फारम र कागजातहरु संकलन गर्नकालागि पहल गर्न मिति १९ जनवरी २०१९ का दिन नेपाली राजदूतावासले आफ्नो फेस्बुक पेजबाट दोस्रोपटक सूचना प्रसारण गरेको हो ।
    आवश्यक पत्रसहित सम्बन्धित श्रम कार्यलयमा जानका लागि नेपाली राजदूतावासले साउदीका विभिन्न स्थानमा आफ्ना कर्मचारीहरु तथा समाजिक संस्थाका अभियन्ताहरु खटाई फारम र निवेदन संकलन गर्ने भएको छ ।
    उक्त मौकाको फाइदा उठाउन आ-आफ्नो क्षेत्रमा तोकिएको स्थानमा उपस्थित भई फारम भरेर बहिर्गमन व्यवस्थाको फाइदा लिई स्वदेश फर्किन पनि दूतावासले अनुरोध गरेकोछ ।
    अकामा नभएका, नबनाइएका वा भागेका नेपाली कामदारहरु माझ यस विषयमा जानकारी गराउन यो सूचना अधिकतम सेयर गरिदिनुहुन अनुरोध गरिए छ ।
    उक्त सेवा लिनको लागि निम्न कागजातहरुको आवश्यक पर्नेछ ।
    १. तोकिएको स्वरूपको निवेदनः निवेदनको ढाँचा कार्यक्रम स्थलमा रहनेछ/नेपाली राजदूतावास रियादको फेसबुक पेजमा समेत उपलब्ध छ।
    २. अकामाको प्रतिलिपि-३ प्रति
    ३. राहदानी र भिषाको प्रतिलिपी ३ प्रति
    साथै निम्न तालिकामा नाम उल्लेख व्यक्तिहरुसँग सम्पर्क गरी अन्य उपयुक्त समयमा समेत फारम बुझाउन सकिने र यसरी प्राप्त हुने फारमलाई रादूतावासले सिफारिस सहित औपचारिक बनाउने छ ।
    साथै, रियाद र वरपरका नेपालीहरुको समयलाई ध्यान दिँदै आगामी शुक्रबार जनवरी २४, २०२० देखि बहिर्गमन (Exit) सम्बन्धी फारम संकलन गर्न अर्को सूचना नभएसम्मको लागि यस राजदूतावास हरेक शुक्रबार दिनको १ देखि ४ बजेसम्म खुला रहने जानकारी गराएको छ।

    Leave a Reply