लिलामीमा राख्न बेचैन देशभक्तहरुको जमात बाँकी छ

  • १३ माघ २०७६, सोमबार ०८:११ मा प्रकाशित
  • वसन्त अनुभव

    गजल
    भन्छन उज्यालो भैसक्यो, तर रात बाँकी छ ।
    सल्बलाउदैछन ब्वाँसोहरु, आघात बाँकी छ ।

    आ-आँफ्नै डमरू आ-आँफ्नै दम्भ, आवाज बेग्लाबेग्लै,
    बाहिर वुद्व भित्र हिटलर, अझै मात बाँकी छ ।

    घरी जापान बन्छ मेरो देश, पटकपटक सिंगापुर,
    मंच अगाडि उदेकलाग्दो, भाषणको खात बाँकी छ ।

    संधै झै आज पनि गर्नु छ, भोको पेटसँग सम्झौता,
    आँखा,कान,मुख लुटे पनि, तँ नआत्ती हात बाँकी छ ।

    सकिन्न भन्न भोलि के हुन्छ, नेपाल र नेपालीको हाल,
    लिलामीमा राख्न बेचैन देशभक्तहरुको जमात बाँकी छ ।

    भन्छन उज्यालो भैसक्यो, तर रात बाँकी छ ।
    सल्बलाउदैछन ब्वाँसोहरु, आघात बाँकी छ ।
    वसन्त अनुभव
    दाङ

    2 thoughts on “लिलामीमा राख्न बेचैन देशभक्तहरुको जमात बाँकी छ

    Leave a Reply