लमजुङ(हाम्रो खेलकुद)- आयोजक त्रिवेणी युथ क्लब (हरियो) र सामना युथ क्लब तुरतुरे तनहुँ लमजुङमा जारी जिल्लाको सर्वाधिक धनराशिको २८औं संस्करणको त्रिवेणी कप खुल्ला राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । यसअघि बुधबार श्री भगवती युथ क्लब टोखा काठमाडौं र समाज कल्याण काठमाडौंले अन्तिम चारको यात्रा तय गरेको थियो । सदरमुकाम बेशिसहरस्थित सहजी खेल मैदानमा बिहीबार भएको खेलमा आयोजक त्रिवेणीले दोर्दी गाउँपालिका लमजुङमाथि २–० को जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भएको हो ।
सोमबार भएको दोस्रो क्वाटरफाइनलमा सामना युथ क्लबले लमजुङ मस्र्याङ्दी युथ क्लबलाई सडनडेथमा ७–६ ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भयो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा सामनाले बाजी मारेको हो ।
अब शुक्रबार त्रिवेणी र समाज कल्याण काठमाडौं र श्री भगवती युथ क्लब काठमाडौं र सामनाबीच सेमिफाइनल खेल हुनेछ । १२ पुसबाट शुरु भएको राष्ट्रव्यापी प्रतियोगितामा देशभरका २० क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुनेले १ लाख ५० हजार रुपैया हात पार्नेछन् । सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान ५० हजार पाउनेछन् । सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीले जनही १५–१५ हजार हात पार्नेछन् । साभार हाम्रोखेलकुद