–वसन्त अनुभव-
हाेलेरी राेल्पा, ४ माघ / राेल्पा जिल्लाको रुन्टीगढी गाउँपालिकाकाे समग्र विकास गर्ने उद्देश्यले निकट भविष्यमा हुने ‘राष्ट्रिय मिडिया शान्ति सम्मेलन’ सन्दर्भमा अाज हाेलेरीमा गाउँपालिकाकाे बैठक बस्यो । बैठकमा रुन्टीगढीकाे एेतिहासिक, पुरातात्विक, साँस्कृतिक, पर्यटकीय विकास गर्नका लागि प्रचारप्रसार कार्यलाई तीव्रता दिने उद्देश्यले यस प्रकारको ‘राष्ट्रिय मिडिया शान्ति सम्मेलन’ गर्ने निर्णय गरेको हो ।
रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाकाे अध्यक्षता एवं सबै वडाका वडाध्यक्षहरु, सन्चारकर्मी, सँस्कृतिविद् डा. गाेविन्द अाचार्य लगायतका अन्य व्यक्तिहरुको उपस्थिति रहेकाे उक्त बैठकमा रुन्टीगढीमा हालसम्म यसअघि भएका महत्वपूर्ण कार्यक्रमहरुका बारेमा समेत समीक्षा गर्दै अगामी दिनहरूमा गरिने कार्यक्रमहरुबाट प्राप्त गर्न सकिने उपलब्धि बारेमा पनि बृहत छलफल गरिएको थियो ।
यस प्रकारकाे ‘राष्ट्रिय मिडिया शान्ति सम्मेलन’ सम्पन्न गर्नका लागि रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाकाे संयोजकत्वमा २५ सदस्यीय मूल समितिसँगै बिभिन्न उपसमितिहरुकाे गठन गरिएको छ । उक्त बैठकको सहजीकरण पर्यटन फाेकल पर्सन दीपक डी.सी.ले गर्नुभएको थियो ।
सोसल मिडियामा शेयर