रम्जान समर्पण
१० माघ २०७६ तद अनुसार २४ जनवरी २०२० शुक्रबारका दिन नेपाली दूतावास रियादको आयोजना र गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमको समन्वयमा अल कासिम स्थित १३ जनालाई बहिर्गमन (Exit) डकुमेन्ट प्रदान गरिएको छ ।
साउदी अरबमा रोजगारीमा रही विविध कारणले अकामा नबनेका वा अकामा नवीकरण नगरेका वा नभएका, कम्पनी छोडी भागेका, सार्वजनिक सजाँय नपाएका वा सजाय भुक्तानी गरिसकेका तर नेपाल फर्किन नसकेका नेपालीहरुका लागी दूतावास रियादले ल्याएको योजना अनुसार आज आएका नेपाली श्रमिकहरुलाइ आवाश्यक कागजात बनाएर लेबर अफिस पठाइएको छ ।
उहाँहरुलाइ लेबर अफिसले इक्जिट भिसा दिने र इक्जिट भिसा लगाएको २ महिना भित्रमा श्रमिक नेपाल फर्किन
सक्ने छन् ।
दुताबास रियादको गत २१ जनवरी २०२० को सूचना अनुसार यो भिजिट आज अल कासिम बुरैदामा गरिएको हो । सोही सूचना लाई आर सि सि अल कासिम पेजबाट र आर सि सि अल कासिम टिम बाट श्रमिक माझ गरिएको सुचनानुरुप अल कासिम क्षेत्रका विभिन्न स्थानहरुबाट नेपाली श्रमिक सेवा लिन आएका थिए ।
यसै गरि दूतावास रियादको योजना अनुसार अन्य स्थानहरुमा पनि भिजिट गरि सेवा दिने योजना रहेको छ ।यो भिजिट ले पीडित श्रमिकहरुलाई ठूलो राहत मिल्ने छ।
उक्त भिजिटमा दूतावासद्वारा आउनु भएका तृतीय सचिब वीर कुमार राय, अनुबादक निजामुदिन रायन, सहचारि बलराम पान्डे सरहरुको टोलिलाइ एन अअर एन ए आर सि सि अल कासिम टिमले सहयोग गरेका थिए ।