गजल
बा आमाले घरबारी जोड्नु भो टमाटर बेचेर
म किसानको छोरो मुग्लान पसें त्यही घर बेचेर
पानी र जवानीको भर कहिले हुँदैन रे कान्छी
हेरौंला कति चलाउंछेउ जिन्दगी अधर बेचेर
फेरि मायाको बजारमा देखिए एकहुल तरुनी
आज कति गए मन चोरेर कति गए नजर बेचेर
सबैको खुसी पुरागर्छु भन्दाभन्दै आफ्नो भने
परदेशमै सकिने भयो जिन्दगी रहर बेचेर
पैसा कमाउन गएको श्रीमान बाकसमा फर्कियो
सन्तानको खुसी किन्नुछ मंगलसुत्र, जन्तर बेचेर
हिजो सम्म गाउँकालाई पाखे देख्ने सहरियाहरू
आज राजधानीमै बसेका छन् कोदो, फापर बेचेर
अरुण बेल्बासे ‘’रोज’’
बुटवल ,हाल – साउदी अरब
🌹प्रयास जारी छ सुझाव को अपेक्षा राख्दछु साहित्यिक मन हरु बाट 🙏