पुरस्कारका लागि आवेदन आह्वान

  • १८ पुष २०७६, शुक्रबार ११:३० मा प्रकाशित
  • नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल (इन्जा)द्वारा प्रदान गरिने १ हजार डलर राशीको इञ्जा सामुदायिक पत्रकारिता पुरस्कारका लागि जनवरी १ वाट आवेदन खुल्ला भइसकेको छ । आह्वान मा भनिएको छ इच्छुक पत्रकारहरुले सन् २०१९ भरीमा प्रकाशित वा प्रसारित समुदायको विकास वा परिवर्तनलाई पैरवी गर्ने आफ्ना समाचार, फिचर वा यात्रा विवरणहरुको प्रति वा अनलाइन लिंक सामेल गरी जनवरी महिनाभरीमा इञ्जा ग्लोवलको इमेल info@injaglobal.org मा आवेदन पठाइसक्नुपर्नेछ । मोफसलमा भएका कतिपय पत्रकार तथा लेखकहरुसम्म यो सुचना पुग्न नसक्ने अवस्थालाई समेत मध्यनजर गरेर अरुको सामग्री पनि सिफारिस गरेर आवेदन गर्न पाइने व्यवस्था गरिएको छ । कुनै सिफारिसकर्ताले सिफारिस गरेको सामग्री पुरस्कृत भएमा सिफारिसकर्तालाई समेत सम्मानस्वरुप १ सय डलरको पुरस्कार दिइनेछ । इन्जा सामुदायिक पत्रकारिता पुरस्कार सन् २०२० मार्च १ मा काठमाडौमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने छ । प्राप्त आवेदनहरुवाट उत्कृष्ट सामग्री चयन गर्न वरिष्ठ पत्रकारहरु तीर्थ कोइराला, टंक पन्त र किशोर सापकोटा रहेको एक छनोट समिति समेत गठन गरिएको छ । इन्जाले मार्च १ लाई इन्जा डे को रुपमा संसारभर मनाउने निर्णय गर्दै आगामी वर्षदेखि सम्पूर्ण पुरस्कारहरु सोही मितिमा प्रदान गर्ने निर्णय गरेको छ

    Leave a Reply