
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिती साउदि अरबको वार्षिक तालिकाको कार्ययोजनाको शुभरम्भ भएको छ । कार्यतालिका मुतावि योजनावद्ध रूपमा क्षेत्रिय समन्वय समिती जिजान साउदि अरबले ३ जनवरी २०२० का दिन अंग्रेजी नयाँ बर्ष २०२० को अवसरमा शुभकामना आदानप्रदान, नेपाल पर्यटन प्रवर्द्धन बर्ष २०२० जानकारी, हाजिरी जवाफ प्रतियोगिता तथा बिबिध कार्यक्रम गरी भब्यताका साथ सम्पन्न गरेको हो ।
कार्यक्रममा जिजान क्षेत्र तथा आसपासका नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो र यसै दौरान नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न यस् जिजान क्षेत्रले आगामी दिनहरुमा गरिने प्रचार प्रसार सम्बन्धी संयन्त्र बनाइ समन्वय गर्न समेत गम्भिर छलफल र बिचार आदान प्रदान गरेको थियो। प्रेम ढुंगेल द्वारा सन्चालित उक्त कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिताले दर्शक माझ खुशी र रोमान्चका साथ बिजेता प्रतियोगीहरुलाई गिफ्ट ह्याम्परले सम्मान गरिएको थियो।
कार्यक्रममा क्षेत्रिय अध्यक्ष रबिन्द्र तमाङले नयाँ बर्षको शुभकामना दिंदै नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न आफ्नो क्षेत्र बाट सक्दो प्रयास गर्ने प्रतिबध्दता ब्यक्त गरेका थिए। यसैगरी सल्लाहकार द्वय कृष्ण कुमार श्रेष्ठ र खिमानन्द पौडेलले गैर आवासिय नेपाली संघ बारे संक्षिप्त जानकारी गराउंदै कार्यक्रम भब्य भएकोमा धन्यवाद ब्यक्त गर्नुका साथै यस् क्षेत्रले बिगतका दिनहरुमा केन्द्रिय समन्वय समितीको मातहतमा रहेर श्रमिक हितका निम्ती खेलेको भूमिकाको प्रशंशा गर्दै संस्थालाई अझ चुस्त बनाउन सकृय भूमिका खेल्ने छ भन्ने धारणा ब्यक्त गरेका थिए।
कार्यक्रमलाई सफल पार्नको निम्ती संघका केन्द्रिय सचिव लाल बहादुर मगरको मुख्य भूमिका रहेको थियो ।

