नेपाल तामाङ घेदुङको साउदी पूर्वी क्षेत्रिय समन्वय समिति साउदी अरबले दम्माम स्थित रहेको प्यारागण होटेलको सभाहलमा २४ जनवरी २०२० शुक्रबारका दिन औपचारिक कार्यक्रम गरी २८५६ औँ सोनाम ल्होछार मनाउँदै पहिलो अधिवेशन गरी नयाँ कार्यसमिति गठन गरेका छन्।
उक्त अधिवेशनले लाल बहादुर तामाङ अध्यक्षमा चयन गरेको छ भने वरिष्ठ उपाध्यक्ष कृष्ण तामाङ, उपाध्यक्षहरू नवराज तामाङ, विर्ख राम तामाङ, अस्मिता तामाङ, महासचिव सुर्य तामाङ, सचिव सुवास मोक्तान तामाङ र राजकुमार तामाङ, सहसचिव खुशी थिङ तामाङ, कोषाध्यक्ष सन्तोष तामा, सहकोषाध्यक्षहरू रोशन पाख्रिन तामाङ, मुना तामाङ र विनायक तामाङ, सदस्यहरू करण लामा, योगिता तामा, शुक्र मोक्तान, धनकुमार लामा, फूर्वा तामाङ, कुमार तामा, अर्जुन तामाङ, हिरा लाल तामाङ, जित बहादुर गोले, कृष्ण तामाङ, कमली तामाङ, सन्तोष मोक्तान, अजय घले तामाङ, रन्जु मोक्तान, मुस्कान तामाङ, कल्पना थिङ तामाङ, अशोक ब्लोन तामाङ, रोशन मम्बा तामाङ, शक्ति तामाङ, सुकमान तामाङ, राम स्याङतान तामाङ, सुर्य कुमार तामाङ र देवमान थिङलाई चयन गरेको छ भने यही अधिवेशनले संरक्षकमा जेन कुमार लामा, प्रमुख सल्लाहकारमा विजय लामा, सल्लाहकारहरूमा राम माया तामाङ र पुतली तामाङलाई चयन गरेको छ।
विजय लामाको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा नेपाली राजदुताबास रियादका प्रतिनिधि द्वितिय सचिव तारा गौतम प्रमुख अतिथी साथै नेपाली राजदुताबास रियादका द्वितिय सचिव भरत खनाल र नेपाली राजदुताबास रियादका पूर्विय क्षेत्र दम्मामका लागी स्थानिय कर्मचारी हरी घिमीरे विशेष अतिथिको रूपमा उपस्थित रहेका थिए भने साउदी अरबको दम्माममा रहेका विभिन्न सामाजिक संघ संस्थाहरूको प्रतिनिधिहरू अतिथीको रूपमा उपस्थित थिए।
विभिन्न संचार माध्यममा आवद्ध मिडिया कर्मीहरू, समाजसेवी तथा व्यावसायिहरू र विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रम प्रमुख अतिथी, सभापती र अतिथीहरूले सामुहिकरूपमा दिप प्रज्वलन र व्यानर उत्तोलन गरी उद्घाटन गरेको उक्त कार्यक्रमले पहिलो अधिवेशन र विभिन्न सांस्कृतिक र सांगितिक प्रस्तुति सहित भव्य रूपमा सोनाम ल्होछार मनाएको छ।